अदानचुली गाउँपालिकामा पनि महिला संघको नेतृत्व सर्वसम्मत चयन

अदानचुली गाउँपालिकामा पनि महिला संघको नेतृत्व सर्वसम्मत चयन

सि.डा. समाचारदाता
सिमकोट । नेपाल महिला संघ अदानचुली गाउँपालिका कार्य समितिको नेतृत्व सर्वसम्मत चयन भएको छ । यो सहित संघको तीन वटा गाउँपालिकामा नेतृत्व सर्वसम्मत चयन भएको हो ।
अदानचुलीको पहिलो गाउँपालिका अधिबेशनले अध्यक्षमा तारा चन्द भण्डारी सर्बसहमत रुपमा चयन गरेको छ ।

गाउँपालिका कार्य समितिको अधिबेशनले महिला संघ अदानचुलीको अध्यक्षमा चन्द, उपाध्यक्षमा अबकति टमटा र ऐसा रोकाया, सचिवमा बसन्ति राेकाया, पम्फा शाही, कोषाध्यक्षमा धनरुपी शाही सहसचिवमा लालकला जैसी र यसोदा दानी चयन भएका छन् । अधिबेशनले २७ सदस्यीय कार्य समितिमा ८ जना पदाधिकारी सहित १९ जना सदस्य चयन गरेको छ ।

यसअघि संघको अधिबेशनको उद्घााटन सत्रमा नेपाली काँग्रेस कोषाध्यक्ष बबिता शाही, काग्रेस महासमिति सदस्य राम बहादुर टमटा, पुर्वसहसचिव रिता लामा, प्रदेश अधिबेशन प्रतिनिधि सविता बुढा, महिला संघकी अध्यक्ष शुशिला शाह, महिला संघ क प्रदेशकी अध्यक्ष पबित्रा देबकोटा उपस्थिती रहेको थियो । यसअघि संघले चंखेली र ताँजाकोटमा अधिबेशन सम्पन्न गरि सकेको छ ।