सि.टा.समाचारदाता
सिमकोट । महिलाहरु महिनावारी भएको समयमा घरेलु स्तरबाटै निर्माण गरिएका स्यानीटरी प्याड प्रयोग गर्ने सङ्ख्या बढ्दै गएको छ । सीप सिकेपछि आवश्यक परेको बेला तयार पारेर कम लागतमा निर्माण गर्न सकिने भएपनि बजारमा तयारी अवस्थामा पाउन भन्दा घरेलु स्तरबाट तयार पारिएका प्याड प्रयोग गर्ने महिलाहरु बढ्दै गएका हुन ।
सर्केगार्ड गाउँपालिका–४ की बाँचकला थापाले महिनावारी भएको बेला केही पनि प्रयोग नगर्ने महिलाहरु अहिले घरेलु स्तरबाट तयार पारिएका सेनिटरी प्याड प्रयोग गर्नेको सङ्ख्या वर्षेनी बढ्दै गएको बताईन । तीन वर्षदेखि आफुले नियमित आफैले तयार पारेका स्यानीटरी प्याड प्रयो गरि रहेको बताउदै उनले यसले गर्दा मर्यादित महिनावारी ब्यवस्थापनमा सहज भएको बताईन ।
यो विधिबाट तयार पारिएको प्याडहरु निर्माण गर्न समय मात्र लाग्ने तर काम उही गर्ने भएको कारण यस्तो कार्यलाई बिस्तार गर्न आवश्यक रहेको छ । उनले आफु मात्र नभएर वडाभरका महिनाहरु यही बिधिबाट प्याड तयार पार्ने र प्रयोग गर्ने गरेको बताईन ।
घरेलु स्तरबाट प्याड तयार पारेर प्रयोग गर्दै आएकी अर्की महिला नरकला थापाले निक्कै सस्ता, उपयोगी सहज किसिमले सबैले उत्पादन गर्न सर्के स्थानीय प्याडको प्रयोगबाट अन्य असर समेत नपर्ने भनाई राख्छिन । आबश्यक परेको बेला आफैले तयार पार्ने र प्रयोग गर्न सकिने यी प्रयोग गरिएका प्याडहरु नष्ट गर्न पनि सहज भएको उनले बताईन ।
आर्थिक अभाव हुने ग्रामीण महिलाहरुका लागि यस्ता प्याड उपयोगी मात्र नभएर प्रभावकारी समेत देखिएकोले गाउँ अधिकाँस महिलाहरुले यसको प्रयोग प्रति आर्कषण बढी रहेको उनको भनाई छ ।
सवैका लागि दिगो खानेपानी तथा सरसफाई स्वच्छता आयोजना ( सुसा ) सर्केगार्डका संयोजक निलबिक्रम शाही मर्यादित महिनावारी ब्यवस्थापन गर्न सवै वडाका महिला मध्य गाउँपालिका स्तरमा ९० जना र सवै वडा स्तरमा प्रति वडा २५ जनाका दरले दुई सय गरि २९० महिलालाई दुई दिन घरेलु स्तरबाट प्याड निर्माण सम्वन्धि तालिम दिएर यसलाई प्रयोगमा ल्याईएको बताए ।
हरेक वर्ष थप महिलाहरुलाई मर्यादित महिनावारी व्यवस्थापनका लागि घरेलु सेनेटरी प्याड निर्माण तालिम आयोजना गर्ने गरिएको होे । यसरी तयार गरिएको प्याडहरु बजारमा पाउने तयारी अवस्थाका प्याडहरु भन्दा असरका हिसावले पनि उपोयोगी भएको कारण यो बिधिको महिलालाई सीप दिएर प्रयोगमा ल्याउने गरिएको छ ।
यो कार्यक्रम सुसा कार्यक्रम लागु भएको खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका महिलाहरुले पनि यसरी स्थानीय स्तरमा महिनावारीका बेला सेनिटरी प्याड निर्माण गरेर प्रयोग गर्दै आउनु भएकाे छ ।
























