यसरी मनाईयो हुम्लामा लोतन्त्र दिवस

फोटो क्याप्सन लोकतन्त्र दिवस नारा प्रदैशनी गरेर दिपालवी गरेर मनाईदै । तस्बिर : सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । १९ औं लोकतन्त्र दिवस हिमाली जिल्ला हुम्लामा दिपलवी मनाईएको छ । नागरिक समाज र अधिकारकर्मीहरुको आयोजनामा उक्त दिवस मनाउने कार्य भएको हो । लोकतन्त्र कै कारण आजको अवस्था आएको बताउदै हुम्लाका नागरिक समाज र अधिकारीकमीहरु मिलेर लोकतन्त्र दिवस मनाउने कार्य भएको गैर सरकारी संस्था नेपल हुम्लाका अध्यक्ष जनक बुढाले बताए ।

लोकतान्त्रिक ब्यवस्था सवल र प्रभावकारी बनाउन राजनीतिक दलहरु लागुन भन्दै दवाव दिने किसिमले नारा सहित अधिकारीकर्मी दिवस मनाउन निस्केका हुन । लोकतन्त्र चोकबाट नारा सहितका प्ले कार्ड बोकेर र्याली निकाल्दै नागरिक समाजको टोली काली चोकमा आएर दिपावली गरेको थियो ।

प्ले कार्डमा लोकतन्त्र जिन्दावाद, बिधिको शासन कायम गर, दण्ड हिनता बन्द गर, शिक्षा र निजामती कर्मचारी बिधेयक जारी गर, भ्रष्टाचार अन्त्य गर लगाएतका नारा लेखिएका थिए । कार्यक्रमको समापन गर्दै नेपाल रेडक्रस सोसाईटी हुम्लाका सभापति गणेश महतले ब्यवस्था परिवर्तन नभए पनि अवस्था परिवर्तन हुन नसकेको कारण अब जनताको अवस्था परिवर्तनमा लाग्नु पर्ने बताए ।

नेपालमा पटक पटक लोकतान्त्रि ब्यवस्था माथि हमला हुने गरेको र त्यो नेताहरु कै कारणले भएको हुँदा अब नेताहरु पनि सच्चिएर अगाडी बढ्न आवश्यक रहेको उनले बताए । दिवस मनाउन गैसस अध्यक्ष, बुढा, उद्योग बाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारी, पत्रकर महासंघका अध्यक्ष राजन रावत, गैरसरकारी संस्थाका प्रमुखहरु लगाएतको उपस्थिती रहेको थियो ।