सरकारी कार्यालयको सार्वजनिक सुनुवााई सम्पन्न

फोटो क्याप्सन सुनुवाई कार्यक्रमका सहभागीहरु । तस्बिरः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । जिल्लाका पाँच वट सरकारी कार्यालयहरुको शनिबार एउटै कार्यक्रममा सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ । चालु आर्थिक वर्षमा ती कार्यालयहरुले सम्पदन गरेका कार्यक्रमहरु सेवाग्राहीका लागि सुनुवाई कार्यक्रम मार्फत सार्वजनिक गरिएको हो ।

कार्यालयको काम कारवाहीलाई स्वच्छ,पारदर्सीता, शुसासन कायम गर्न, वस्तुनिष्ठ बनाउन, सर्वसाधारण तथा सरोकारवालाको कानूनसम्मत सरोकारलाई सम्वोधन गर्न सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो । संघीयता कार्यान्वयन पछि प्रदेश तथा संघ सरकारका जिल्लास्थित निकायहरुले यसरी आफुले गरेका कामहरुको खेलाजोख नगरिएको अवस्थामा यस पटकवाट सुनुवाई कार्यक्रमको सुरुवात भएको छ ।

यो कार्यक्रमको सुरुवात गत पसु १८ गतेबाट सुरु भएको हो । हालका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको बिशेष पहलमा यसको सुरुवात भएको हो । शनिबार जिल्लाका पाँच वटा सरकारी कार्यालयहरु सामाजिक बिकास कार्यालय, पुर्वाधार बिकास कार्यालय, परियोजना कार्यान्वयन इकाई ( स्याउ जोन ) खानेपाली उर्जा तथा जलश्रोत बिकास कार्यालय र कर्णाली करिडोर उत्तर खण्ड हिल्सा सिमकोट सडक योजनाको सार्वजनिक सुनुवाई भएको थियो ।

सेवाग्राहीको उपस्थिती बिनै आयोजना भएको कार्याक्रममा पाँच वटै कार्यालयका प्रमुख एवं प्रतिनिधहरुले हालसम्म कार्यालयले प्राप्त गरेको बित्तिय तथा भौतिक प्रगति प्रस्तुत गरेका थिए । यसरी आफ्नो प्रगति बिबरण पेश गर्नेमा सामाजिक बिकास कार्यालयका प्रमुख हर्क बस्नेत, पुर्वाधार बिकास कार्यालयका प्रशाुसकीय अधिकृत श्रीकृष्ण देवकोटा , परियोजना कार्यान्वयन इकाई ( स्याउ जोन ) का निमित्त प्रमुख लक्ष्मी अधिकारी, खानेपाली उर्जा तथा जलश्रोत बिकास कार्यालयका निमित्त प्रमुख नवाङ लामा र हिल्सा सिमकोट सडक योजनाका प्रमुख वेलबहादुर नेपाली रहेका थिए ।

कार्यालयहरुले प्रस्तुत गरेरका प्रस्तुती माथि जिल्लाका सञ्चारकर्मीहरुले जिज्ञासा, गुनासा सुझाव दिने कार्य भएको थियो । प्रमुख जिल्ला अधिकारी पाण्डेयको अध्यक्षतामा भएको सुनुवाई कार्यक्रममा समन्वय समितिका प्रमुख शिबराज शर्माले कार्यक्रम निक्कै महत्वपुर्ण भएका भएपनि सेवाग्राही उपस्थित हुन नसक्नु दुखद कुरा भएको बताए ।

त्यसैगरि प्रजिअ पाण्डेयले सेवाग्राही उपस्थिती हुन नसकेको भएपनि जिल्लाका जिम्मेवार ब्यक्तिको उपस्थिती रहेको कारण यसलाई पनि सकरात्मक रुपमा लिनु पर्ने बताए ।