मजदुरद्धारा ज्यालादर न्यून पाएको गुनासो

फोटो क्याप्सन अदानचुली गउपलिकामा सार्वजनिक काम गर्दै मजदुरहरु । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । हुम्लाका श्रमिकहरुले ज्यालादर न्यून पाएको गुनासो गरेका छन् । जिल्ला दररेट भन्दा पनि एक दिनमा काम गर्दा ज्याला कम पाएपछि मजदुरहरुले यस्तो गुनासो गर्नु भएको हो । अदानचुली गाउँँपालिका– ५ को बारी गाउँका जगते शाहीले सार्वजनिक बिकास वा ब्यक्तिगत काम गर्नु पर्दा जिल्ला दररेट भन्दा कम ज्याला पाउने गरेको बताए ।

उनले आफ्नो गाउँपालिका भरि दैनिक मजदुरी काम गरेर जीवन निर्वाह गर्ने मजदुरले एक दिनमा आठदेखि नौ सय रुपियाँँँँ पाउने गरेकाजानकारी दिए । जव कि आर्थिक वर्ष ०८१।०८२ मा दैनिक ज्यालादारी मजदुरको ज्याला एक हजार १५० रुपियाँँ निर्धारण गरिएको छ । उनले हलसम्म जिल्ला दररेटमा ज्याला कति छ भन्ने जानकारी नपाएको भएपनि आफुले पाउदै आएको ज्याला कम भएको गुनासो गरे । महंङ्गी बढी रहेको कारण हाल प्राप्त गर्दै आएको ज्यालाले परिबार पाल्न कठिन हुने गरेको उनको भनाई छ ।

यता ताँजाकोट गाउपालिका–३ जगत टमटाले दिन भरि मजदुरी गरेपनि ज्याला दर कम पाउने गरेको बताए । उनले दैनिक आठ सयदेखि एक हजार रुपियाँसम्म निर्माण ब्यवसायी र उपभोक्ता हेरेर ज्याला पाउने गरेको बताउदै ब्यक्तिले त दैनिक आठ सय मात्र दिने गरेको बताए । ज्याला कम भएको गुनासो गर्दा काम गर्न नआउदा हुन्छ भन्ने जवाफ पाउनु पर्ने बताउदै उनले रोजगारी पाउन कै लगि पनि जति दिएपनि काम गर्नु पर्ने बाध्यता रहेको जनाए ।

त्यसैगरि चङ्खेली गाउँपालिका– ४ की सुजन सिंहले दिनभरि काम गर्दा प्रति दिन नौ सय रुपियाँ ज्याला पाउने गरेको गुनासो सुनाए । ज्याला कम भएको गुनासो गाउँपालिकासम्म पुर्याउदा पनि सुनुवाई हुन नसकेपछि जति दिएपनि काम गर्नु बिकल्प आफुसंग नभएको उनले बताए ।

एक दिनमा ज्यालादारी मजदुरले पाउने ज्यालादर समेत भरखर जानकारी भएको बताउदै त्यसलाई कार्यान्वयन गर्ने निकाय सकृय हुनु पर्ने बताए । जिल्ला दररेटलाई कार्यान्वयन गर्ने नियमनकारी निकायहरु भने बेखवर रहदै आएका छन । ती निकायहरुले यसका बारेमा कुनै उजुरी वा जानकारी नआएको कारण त्यस बारे खोजविन गर्न नसकिएको बताउने गरिएको ।