खार्पुमा आई पुग्यो बेलिब्रीजको सामान

फोटो क्याप्सन खार्पुमा आई पुगेको बेलिब्रीजको सामान । तस्बिर सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने खार्पुनाथ गाउँपालिका–५ को खार्पुको दोजाम कर्णाली माथि बन्न लागेको बेलिब्रीजको सामन निर्माण स्थल खार्पुमा आई पुगेको छ । पुल निर्माणको जिम्मा पाएको नेपाली सेनाले सप्लायर्स मार्फत पैदल मार्गबाट ढुवानी गरेर खार्पुमा ती पुलका सामान ल्याई पुर्याएको हो ।

बेलिब्रीजको सबै सामान खार्पुमा ढुवानी भएर आई पुगेको नेपाली सेना बिकास निर्माण दलका गुल्मपति अम्रित पराजुलीले बताए । अब बेलिब्रीज निर्माणका लागि आवश्यक सिमेन्ट र ग्याविन लोड भएको ट्रक सुर्खेतबाट हिडी सकेको कारण दुई दिनमा निर्माण स्थलमा पुग्ने छ ।

त्यस लगत्तै पुल निर्माणको कार्य सुरु हुने उहाँले बताउनुभयो । पुल निर्माणका लागि कामदार खोज्ने कार्य समेत भई सकेको छ । ढिलोमा आगामी असार महिना भित्र उक्त बेलिब्रीजको निर्माण कार्य सम्पन्न हुने सेनाले जनाएको छ ।

यसका लागि सेनाका गुल्मपतिको नेतृत्वमा चालीस सदस्यीय सेनाको एक टोली खार्पुमा वसेको छ । सदरुमकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसंग जोड्नका लगि खार्पुमा बेलिब्रीज निर्माणको जिम्मा सरकारले सेनालाई दिएको हो ।