सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने सडकको आठ सय मिटर सडक मात्र ट्रयाक खोल्ने कार्य बाँकी रहेको छ । हिल्सा हिल्सा सिमकोट सडक योजनाका अनुसार करिडोर हुम्ला खण्डको ९९ सौं प्रतिशत निर्माण कार्य सम्पन्न भएको हो ।
बाह्र वर्षको अवधिमा नेपाली सेनाको बिकास निर्माण दल र हिल्सा सिमकोट सडक योजनाले सडक निर्माण कार्य गरेका हुन । २०६९ सालमा हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालसंग जोड्ने लक्ष्यका साथ स्थापना भएको थियााो । करिडोरको हुम्ला खण्डमा १८५ किलो मिटर सडक पर्छ । कुल सडक मध्य आठ सय मिटर सडक मात्र ट्रयाक खोल्ने कार्य बाँकी रहेको र अरु सबै सडकको ट्रयाक खोल्ने कार्य पुरा भएको छ ।
सडकको ट्रयाक खोल्न बाँकी रहेको क्षेत्र सिमकोट गाउँपालिका– ५ को धारापोरी क्षेत्र रहेको छ । सडक निर्माण कार्य भई रहेको समयमा स्थानीय जग्गा धनीको बिबादको कारण गत पुस महिनाबाट निर्माण कार्य रोकिएको हो । सडकको हुम्ला खण्डको दुरी मध्य कवाडीदेखि
सलीसल्लासम्मको ३९ किलोमिटर सडक नेपाली सेनाले २०७३ सालबाट निर्माण हुनु गरेर २०७८ सालमा सम्पन्न गरेर सडक बिभागलाई जिम्मा लगाएको थियो । यता सर्केगार्डदेखि खार्पु खण्ड ५० किलोमिटर समक मध्य दुल्ली कुनादेखि लालीबगरसम्मको ११ किलो मिटर सडक २०७८ सालमा निर्माण सुरु गरेर २०८१ असारमा सेनाले सम्पन्न गरेको थियो । हाल छारे खार्पु खण्डको बोक्चे गौडादेखि याङ्चु बगरको
चट्टानी भीरको सडकको आठ सय मिटर सडकको स्तरोन्नती गर्ने कार्य पनि गत चैत २५ गतेबाट सेनाले गरि रहेको छ । सेनाले सो काम आगामी असार महिनासम्म सम्पन्न गर्ने गरि सडक निर्माणको जिम्मा पाएको थियो । ताँजाकोट गाउँपालिकको कवाडीदेखि खार्पुनाथ गाउँपालिकाको खार्पुसम्म कच्ची सडक निर्माण भएको छ ।
यो खण्ड अन्र्तगत कवाडीदेखि सलीसल्लासम्मको ३९ किलो मिटर सडकमा सडक स्तरोन्नती तथा कालो पत्रेको लागि टेण्डर समेत आव्हान भएको छ । अब सलीसल्लादेखि खार्पुसम्मको सडकको स्तरोन्नती तथा कालो पत्रे गर्ने कार्य आगामी आवमा सुरु हुने उहाँले बताउनुभयो । कवाडी सलीसल्ला खण्डमा दुई वटा बेलिब्रीज निर्माण गरिएका छन भने पाँँँच वटा कल्भर्ट निर्माण गरिएका छन् ।
सलीसल्लादेखि खार्पुसम्म तीन वटा कल्भर्ट निर्माण गरिएका छन् । खार्पुमा पक्की पुल निर्माणाधिन अवस्थामा रहेको छ । यता सिमकोट हिल्सा सडक खण्डको ९५ किलोमिटर सडकम ट्रयाक खुलाउने कार्य पुरा भई रहेको छ । तुम्कोटदेखि हिल्सा, याल्वङ चौरदेखि इलिङ लेक, याल्वाङ गौडादेखि च्याछरा र च्याछरादेखि सरिमासम्मको सडकको स्तरोन्नती तथा ग्राभेल गर्ने कार्य हाल तीब्र भई रहेको छ ।
यो खण्डमा हिल्सा र तुम्कोटमा बेलिब्रीज निर्माण गरिएको छ भने सल्ली खोला र ताग्रू खोलामा पक्की पुल निर्माण कार्य भएको छ । त्यसैगरि याङ्गार र हेक्पा खोलामा पक्की पुन निर्माणाधिन अवस्थामा रहेका छन् । यो खण्डमा तीन वटा कल्भर्टहरुको निर्माण कार्य सम्पन्न भएको छ भने बाह्र किलो मिटर सडकको ग्राभेव गर्ने कार्य पनि सम्पन्न भएको छ ।
कालीकोटको खुलालुदेखि हुम्ला जिल्लाको हिल्सासम्मको कुल २६८ दशमलव ६५ किलो मिटर सडकको कुल लागत छ अर्व ६६ करोड १९ लाल रहेकोमा हालसम्म दुई अर्व ३१ करोड खर्च भएर ३४ दशमलव ६६ प्रतिशत बित्तिय प्रगति हाँँसिल भएको छ ।





















