सि.टा. समाचारदाता
सिमकोट । नेपाल टेलिकमको मोवाईल सेवा अबरुद्ध भएको छ । जुम्ला जिल्लाको डाँफे लेकमा रहेको टावरमा खरावी आएपछि मोवाईल सेवा अवरुद्ध हुँदै आएको हो ।
जुम्लाको डाँफे लेकमा रहेको नेपाल टेलिकमको टावरमा समस्या आएको कारण हुम्ला जिल्लाको मोवाईल सेवा अबरुद्ध भएको टेलिकम हुम्लाकी प्रमुख रिजीआङमु लामाले बताईन ।
उनले सोमवार बेलुक सााँढे पाँँच वजेबाट अबरुद्ध भएको मोवाईल सेवा हाालसम्म अबरुद्व रहेको बताईन । रातभर टेलिकमको इन्टरनेट सेवा पनि अवरुद्ध रहेको भएपनि बिहानबाट सुचारु भएको छ ।
उनले समस्या देखिएको टावरमा अहिले प्रबिधिक गई सकेको र मर्मत कार्य सुरु भएको बताईन । मर्मत कार्य भई रहेको कारण कति वेलाबाट नेटवर्क आउछ भन्न नसकिने भएको उनको भनाई छ । यसबाट सेवाग्राही मर्कामा परेका छन् .























