सि.टा. समाचारदाता
सिमकोट । बुधबार सिमकोट गाउँपालिकाले आफै अर्धबार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ । नयाँँ आर्थिक वर्षको साउन महिनादेखि गत पुस सम्म गाउँपालिकाले प्रदान गरेका सेवाहरु सर्वसाधारणलाई जानकारी गराउन यो कार्यक्रम गर्न लागिएको हो ।
यस आर्थिक वर्ष ०८१।०८२ को अर्धबार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई गर्न लागिएको हो । छ महिनामा गाउँपालिकाले प्रवाह गरेका सवै प्रकारका सेवाहरुको वारेमा समिक्षा र जानकारी गरिनेछ । बुधबार बिहान ११ वजे जिल्ला समन्वय समितिमा यो कार्यक्रम आयोजना हुनेछ ।
माघ महिनाभित्र यो कार्यक्रम गर्नु पर्नेमा यति बेला हुन लागेको छ । यसका लागि बढी भन्दा बढी सेवाग्राहीहरुलाई उपस्थितिका लागि गाउँपालिकाले आग्रह गरेको छ । कार्यक्रममा उपस्थित भएर बढी भन्दा जिज्ञासा, सुझाव र सल्लाह राख्न पनि आग्रह गरिएको छ । हुम्लामा यस्ता कार्यक्रममा खासै सेवाग्राहीहरुको उपस्थिती हुने गरेको छैन ।















