तुम्कोटबाट रङ्गीफु हुँदै हिल्सासम्मको सडकको निर्माण कार्य सुरु

फोटो क्याप्सन हाल निर्माण कार्य सुरु भएको तुम्कोट रंङ्गीफु सडकको चट्टानी क्षेत्रमा होल खोप्दै कामदार । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । नारा लेकको सडकको बैकल्पिक मार्गको निर्माण कार्य सुरु भएको छ । मित्र राष्ट्र चीनको सिमाना जोड्ने सिमकोट हिल्सा सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउन र दुरी समेत छोटो पार्न नाम्खा गाउँपालिका– ५ को तुम्कोटबाट रङ्गीफु हुँदै बैकल्पिक मार्ग निर्माण कार्य सुरु गरिएको हो ।

कर्णाली करिडोरको चार हजार ६७० मिटर उचाईको तुम्कोट यारी नारा हुँदै हिल्सासम्मको सडकको बैकल्पिक मार्गका रुपमा तुम्कोट रङ्गीफु हुँदै हिल्सा सडकको निर्माण कार्य सुरु भएको नाम्खा गाउँँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताए ।

यो क्षेत्रको सडक गाउँपालिकाले आफ्नै लगानीमा निर्माण कार्य सुरु गरेको हो । यस वर्ष एक करोड लागतमा उक्त सडकको निर्माण कार्य सुरु भएको छ । अर्कोतर्फ लिमीको तीलको तैजुङबाट हिल्सातर्फ पनि सडक निर्माण कार्य हिल्सा सिमकोट सडक योजनाले निर्माण कार्य सुरु गरेको छ । यो सडक निर्माण कार्यलाई अब वर्षेनी निरन्तरता दिईनेछ ।

योजनाले यो वर्ष दुई करोड पन्द लाख लागतमा सडकको निर्माण कार्य सुरु गरेको छ । अध्यक्ष लामाले हिल्सा सिमकोट सडकलाई सधै सुचारु गर्नका लागि यो बिकल्पतर्फ गाउँपालिका लागेको बताए । नारा पाँँँँच देखि छ महिना हिउ जम्ने भएको कारण सडक हिउदे याममा बन्द रहने गर्छ । हिल्सा सडक योजनाले वर्षेनी हिउ फाल्नका लगि बजेट खर्च गर्दै आएको छ । त्यसैगरि हिमपहिरोको कारण सडक पनि भत्किदै आएको छ । त्यो समेत वर्षेनी मर्मत गर्नु परि रहेको छ ।

हाल निर्माण कार्य सुरु भएको सडकको उचाई तीन हजार १५० मिटर उचाई रहेको छ । यसले गर्दा सधै हिउ जम्दैन । अर्काे कुरा तुम्कोट नारा हिल्सा सडक साँँढे ३७ किलो मिटर लम्बाई रहेको छ । यता तुम्कोट रङ्गीफुबाट हिल्सासम्म जम्मा २७ किलो मिटर लम्बाई रहेको छ । यस हिसावले साँँढे दश किलो मिटर सडक पनि छोटो पर्ने छ ।

हाल निर्माण कार्य भई रहेको तुम्कोट रंङ्गीफ सडकमा रहेको चट्टान बिष्फोट गर्नुपर्ने भएपछि त्यसको बिष्फोटक पदाार्थ सिफारिस गर्नका लागि स्थलगत रुपमा अनुगमनमा गएका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले यो सडक निर्माण भए सधैका लागि सडक सुचारु हुने अबस्था रहेको बताए । हाललाई तीन सय राउण्ड बिष्फोट गर्नका लागि बिष्फोटक पदार्थका लागि जिल्ला सुरक्षा समितिले सेनालाई ब्यवस्थाका लागि सिफारिस गर्ने भएको छ ।