बाढीले विद्यालय भवनमा क्षेती पुर्याएपछि खुला चौरमा पढाई

फोटो क्याप्सन अदानचुली गाउँपालिकाको सुर्योदय मावि श्रीनगरमा खुला चौरमा पढाई हुँदै । तस्बिर : सि.टा.

लोग भण्डारी
सिमकोट । दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका केन्द्रमा रहेको सुर्योदय माध्यामिक विद्यालयमा पठनपाठन खुला चौर हुने गरेको छ । गत बैशाख ५ गते बिहान अबिरल वर्षापछि आएको बाढी उक्त विद्यालय भवनमा पसेपछि क्षेती पुग्दा विद्यालयले पठनपाठन खुला चौरमा गर्ने गरेको हो ।

कक्षा नौका ईच्छाधिन सवै विषयहरुको पढाई खुला चौरमा हुने गरेको विद्यालयमा प्रधानाध्यापक टंकध्वज खत्रीले बताए । ईच्छाधिन विषयहरु गणित, खेला, अर्थशात्र, लेखा विषयको पढाई चौरमा सुरु गरेको छ । कक्षा नौका कक्षाहरु जेनतेन कोठामै चलाएको भएपनि धेरै बिधार्थीहरु भएको कारण दशका कक्षाहरु खुला चौरमा हुने गरेको हो ।

कक्षा दशमा १०५ जना बिधार्थीहरु अध्ययन गर्दै आएका छन भने कक्षा नौमा ६५, कक्षा आठमा ३२ जना बिधार्थीहरु अध्ययन गरि रहेका छन । हाल तीन सय बिधार्थिहरु अध्ययन गर्दै आउनु भएको छ । कक्षा छ देखि बाह्रसम्म पढाई हुने सो विद्यालयमा हाल भने कक्षा छदेखि दशसम्म पढाई भई रहेको कारण कम समस्या देखिएको भएपनि अब कक्षा बाह्रको परिक्षापछि एघार र बाह्र कक्षाको पनि पढाई सुरु भएमा ठुलो समस्या आउने देखिएको छ ।

शिक्षक महासंघको आन्दोलनका कारण गत बैशाख १९ गतेबाट विद्यालयमा पठनपाठन सुरु भएको थियो । अब बर्षा भएमा भने खुलौ चौरमा पठनपाठन भई रहेका कक्षालाई बन्द गर्नुको बिकल्प नभएको उहाँले बताउनुभयो । बाढीको कारण एउटा भवन पुरै भत्किएको थियो भने चार वटा कोठामा एक मिटर अग्लो लेदो पसेको कारण ढोका र झ्याल खाोल्न सक्ने अवस्था हाल पनि रहेको छैन ।

क्षेतीको मुचुल्का मात्र तयार भएको भएपनि हालसम्म कुनै पनि निकायबाट त्यस पूनरनिर्माण र मर्मततर्फ ध्यान जान सकेको छैन । बाढीले विद्यालयको स्टोर कोठामा समेत क्षेती पुर्याएको थियो ।