सि.टा.समाचारदाता
सिमकोट । जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिका पुर्ण खोप दिगोपना सुनिश्चि घोषित भएको छ । गाउँँपालिकाले आयोजना गरेको एक सार्वजनिक कार्यक्रममा उपाध्यक्ष देवकी तिमिल्सीनाले घोषणा गरेकी हुन ।
निर्धारित जन्मेदेखि चौध महिना र पन्द्रदेखि ५९ महिनाका बालबालिकाहरु सबैले खोप लगाएको पाईएपछि पुर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरिएको हो । यसअघि गाउँपालिकाका आठ वटै वडाहरुलाई पनि यसरी नै एक कार्यक्रमको आयोजना गरे पुर्ण खोप दिगोपना सुनिश्चित गरिएको थियो । त्यसपछि गाउँपालिका स्तरवाट त्यसको अनुगमन गर्ने पनि गरिएको थियो ।
अब सर्केगार्ड गाउपालिकाका चौथाे पुर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषित भएको छ । यसअघि चंखेली, सिमकोट र ताँजाकोट गाउँपालिका सो घोषित भई सकेका छन । अब नाम्खा, खार्पुनाथ अदानचुली गाउँपालिका बाँकि रहेका छन ।
















