नेकपा माओवादी केन्द्रको कर्णाली करिडोर अभियाान आजवाट सुरु हुदै

सि.टा. समाचारदाता
सिमकोट । नेकपा माओवादी केन्द्रको हुम्ला जागरण तथा समाजवादका लागि कर्णाली करिडोर अभियान बिहीबारबाट सुरु हुदैछ । हुम्ला र बाजुरा जिल्लाको सिमना कवाडीबाट अभियानको उद्घाटन जेठ १ गते अर्थात आज हुँदैछ ।

अभियान सबै गाउँपालिका समेट्ने गरि सुरु हुन लागेको नेकपा माओवादी हुम्लाका सचिव धर्मराज बोहराले बताए । जेठ २ गते अदानचुलीको गल्फागार्डमा हुने छ भने ३ गते चंखेली गाउँँपालिकाको केन्द्र पिप्लाङमा हुनेछ । त्यसैगरि जेठ ४ गते सर्केगार्ड गाउँँपालिकाको केन्द्र सर्केगार्डमा हुनेछ ।

त्यसैगरि जेठ ५ गते खार्पुनाथ गााउपलिकाको केन्द्र याङ्चु बजारमा हुनेछ । जेठ ७ गते सिमकोटमा हुने छ भने ९ गते नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा हुनेछ । यता जेठ ११ गते अभियानको अन्तिम कार्यक्रम नेपाल र चीनको सिमाना हिल्सामा हुनेछ । यो अभियानका लागि केन्द्रीय स्तरका नेताहरुको सहभागीता हुने छैन ।

हुम्ला जिल्लाबाट माआोवादी केन्द्रको प्रदेश र केद्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरुको सहभागिता रहनेछ । प्रत्येक गाउपालिकामा हुने अभियानको संयोजक सम्वन्ति गाउँँपालिका कमिटिले  गर्ने उनले बताए ।