सि.टा. समाचारदाता
सिमकोट । उत्तरी नाम्खा गाउँँपालिका– ६ को लिमीको तील गाउँँनजिकै बिहीबार राती पहिरो गएको छ । सो पहिरो गए पनि साँढे अठार घण्टासम्म क्षेतीको बिबरण आउन सकेको छैन ।
हल्जी गाउँबाट पहिरो गएको तील गाउँ दुई घण्टा पैदल हिडेर पुग्नु भएका लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले पहिरो गएको स्पष्ट पार्दै तील गाउँँ र कञ्जुम गुम्बाको बिच भएर बग्ने सेखाङलुग्वा खोलामा पहिरो आउँँदा योग्य साठी हल खेती योग्य उवा छरेको जमिन र बिधुतको पावर हाउस पुर्ण रुपमा बगाएको बताए ।
सो पहिरो तील गाउँ माथिको काँजी हिमालबाट आएको हुनाले हिमालको फेदीमा हिमताल फुटेको हुन सक्ने छ । पहिरो गएको स्थान र तील गाउँ तीन मिटर दुरीमा टाढा छ । भाग्यले साथ दिएको कारण गाउँलाई कुनै क्षेती पुगेको छैन । त्यसैगरि पहिरोबाट सिचाई कुलोलाई पनि पुर्ण रुपमा क्षेती पुगेको छ । खानेपानीको लाईनमा क्षेती पुगेपछि गाउँमा खानेपानीको पनि समस्या भएको छ ।
पहिरोबाट बचेको जग्गामा सिंचाईको समस्या हुनेछ । पहिरोले क्षेती पुर्याएको जग्गामा केही दिन अगाडी मात्र उवा छरिएको थियो । वर्षा नभएको भएपनि पहिरो बिहीबार राती ११ वजे एक्कासी आएको हो । पहिरो आएसँगै स्थानीय बासीन्दालाई राती नै सुरक्षित स्थान हाल बन्द रहेको हिमशिखर आधारभुत बिद्यालयको प्राङगणमा सारिएको थिेयो ।
बिहान भने सबै घरमा फिर्ता आउनु भएको हो । पहिरो गएको नजिकका घरधुरीका बासिन्दाहरुलाई विद्यालय मै सार्ने तयारी भई रहेको वडा सदस्य तुण्डुप तामाङले बताए । बर्षा नआई एक्कासी पहिरो आउदा स्थानीयबासी अचम्बित हुनु भएको छ । पहिरोले बगाएपछि तील गाउँबाट गुम्बा आवतजावत गर्ने बाटो अबरोध भएको छ ।
तील गाउँमा राती नै पहिरो आएको भएपनि सिमा प्रहरी चौकी हिल्साबाट प्रहरी घटनास्थलमा पुग्न ६ घण्टा समय लाग्ने भएकाले प्रहरी पुगेपछि मात्र बाढीले गरेको क्षेतीको एकिन बिवरण आउने प्मुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए । अहिलेसम्म कुनै मानबयि क्षेति नभएको र त्यहाँ रहेका १८ घरपरिवार सुरक्षित रहेको जानकारी आएको होे ।
त्यसैगरि तील र हल्जी गाउँ जोड्ने सडक निर्माण स्थलसम्म पहिरो गएको कारण काममा खटिएका कामदारहरुलाई पनि सुरक्षित स्थानमा सारिएको छ । हिल्सावाट सशस्त्र र नेपाल प्रहरी तील गाउँ आई पुगेको भएपनि क्षेतीको बिबरण लिने कार्य भने भएको छैन ।























