सि.टा.समाचारदाता
सिमकोट । सिटिजन्स बैंङ्क नाम्खा गाउँपालिकाको याल्वङ शाखाले दुई वटा विद्यालयलाई खेलकुद र स्टेस्नरीका सामाग्री सहयोग गरेको छ । बैंङ्कको शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत ती सामाग्री सहयोग गरेको हो ।
आफ्नो कार्य क्षेत्र भित्रका दुई वटा विद्यालयलाई शैक्षिक र खेल सामग्री सहयोग गरिएको उक्त बैंङ्कको शाखाका प्रबन्धक ईश्वर बोहराले बताए । यसरी ती सामाग्री पााउनेमा महावौद्ध मावि याल्वाङ र नाम्खाख्यूम्जोम महामाया आवि याल्वाङ रहेकाा छन् । बैंङ्कले ती सामाग्री आफ्नो सामाजिक उत्तरदयीत्व अन्र्तगत प्रदान गरेको हो ।
स्टेस्नरीमा कापी, डड्पेन, इरेजर, कटर, ज्यामिती बक्स, चार्ट पेपरलगाएत रहेका छन भने खेल सामाग्रीहरुमा फुटबल, भलिवल, लुडो, नेट लगएतका रहेका छन । उहाँले यसरी बार्षिक रुपमा विद्यालयहरुलाई यसरी सहयोग प्रदान गर्दै आएको बाए । दुवै खाले साामाग्री सहयोग पाएपछि यसवाट बिधार्थीहरुको पठनपाठन र खेल क्षेत्रको बिकासका लागि सहयोग पुग्ने बिस्वास बैंङ्ले लिएको छ ।
यसअघि उक्त बैंङ्कको सिमकोट शाखाले खार्पुनाथ गाउँपालिकाको विद्यालयलाई खेल तथा शैक्षिक सामाग्री सहयोग गरेको थियो भने सर्केगाड शाखाले बहिरा विद्यालयमा रासन सहयोग गरेको थियो ।




















