सि.टा. समाचारदाता
सिमकोट । नेपाल कम्युष्टि पार्टी एकिकृत समााजवादीको जोशी धामी पून अध्यक्ष पदमा सर्वम्मत चयन हुनु भएको छ । दक्षिणी क्षेत्रको अदानचुली गाउँँपलिकामा दुई दिन लगाएर सम्पन्न भएको दशौं जिल्ला अधिबेशनले धामीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
अधिबेशनले अध्यक्षमा धामीलाई चयन गरेको छ भने उपाध्यक्षद्धयमा कृष्ण वोगटी र कर सिर चयन गरेको छ । त्यसैगरि सचिवमा सुवास रोकाया र उपसचिवमा पुन्न बुढा, नवराज धामी र जन टमटालाई चयन गरेको उक्त पार्टीका निवर्तमान सचिव कमल छत्यालले बताए ।
त्यसैगरि बिभिन्न भेग क्षेत्रको महिला, दलित र जनजातिको प्रतिनित्वि हुने गरि ४८ जना जिल्ला कमिटीका सदस्यहरु पनि अधिबेशनले चयन गरेको छ । अधिबेशनमा १९८ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । अध्यक्षमा चयन भएपछि धामीले वडास्तरसम्म पार्टीको संरचना निर्माण गर्ने र पार्टीलाई सुदृढ बनाएर लैजाने बताए ।
उक्त पार्टीका पुर्वअध्यक्ष शिबराज शर्मा केन्द्रीय सदस्यमा चयन भएपछि यसअघिका अध्यक्ष धामीलाई जिल्ला कमिटीको बैठकले अध्यक्षमा चयन गरेको थियो । अधिबेशनको उद्घाटन सत्रमा पार्टीका महासचिव घनस्याम भुसाल, सचिव चन्द्रबहादुर शाही, जिल्ला ईन्चाज तथा पोलिटव्यूरो सदस्य हस्तबहाादुर शाही, नरेश शाही, केन्द्रीय सदस्य कृष्ण बिसी, प्रेमकला शाही, प्रेमा लामा लगाएतको उपस्थिती रहेको थियो ।





















