मावि स्तरीय बिज्ञान प्रर्दशनी तथा प्रतिभा पहिचान कार्यक्रम हुने

फोटो क्याप्सन सामाजिक बिकास कार्यालय । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
हुम्ला । हिमाली जिल्ला हुम्लामा जिल्ला स्तरमा विज्ञान प्रर्दशनी तथा प्रतिभा पहिचान प्रर्दशनी हुने भएको छ । सामाजिक बिकास कार्यालयको आयोजनामा उक्त प्रर्दशनी गर्न लागेको हो । एउटा विद्यालयमा कक्षा ९ र १० का बिधार्थीहरुले प्रर्दशनीमा सहभागीता जनाउन पाउने सामाजिक कार्यालयका प्रमुख हर्क वस्नेतले बताउदै विज्ञान प्रर्दशनी तथा प्रतिभा पहिचान कार्यक्रम जेठ ११ गते १० वजे जिल्ला समन्वय समितिमा आयोजना गरिने बताए ।

यसमा एउटा विद्यालयबाट सहभागी हुन इच्छुक विद्यालयबाट दुई जना विधार्थीहरुले सम्युक्त रुपमा निर्मित विज्ञान सामाग्री प्रर्दशनीका लागि जेठ १० गते तीन वजेभित्र कार्यालयको सम्पर्क ल्याउनु पर्नेछ । त्यसैगरि दुई जना बिधार्थी मिलेर तयार पारेको बिज्ञान सामाग्री आफै ल्याएर प्रतियोगितामा आउनु पर्नेछ । सहभागी आउद अनिवार्य विद्यालयमा पत्र लिएर आउनु पर्ने, जिल्ला स्तरमा हुने प्रतियोगितामा उत्कृष्ठ ठहरिएका बिधार्थीलाई पुरस्कारको ब्यवस्था गरिएको छ ।

जिल्ला स्तरमा विज्ञान प्रर्दशनी गरि दुई जना बिधार्थी र एक जना संरंक्षक छनौट गरेर आगामी जेठ २४ गते हुने प्रदेश स्तरीय प्रर्दशनीमा सहभागीता जनाउन पाउनेछ । सो कार्यक्रम शिक्षा बिकास निर्देशनालय सुर्खेतमा हुनेछ ।