सि.टा. समाचारदाता
हुम्ला । उत्तरी नाम्खा गाउँँपालिका– ६ को लिमीको तील गाउँँका पहिरो पिडितको पालमुनी वस्नु परि रहेको छ । उनीहरुलाई त्यसो गर्नुको अन्य बिकल्प नदेखिएपछि स्थानीयवासी कै पहलमा त्यसरी वस्नु परेको हो ।

गाउँ पहिरोको जोखिममा देखिएपछि स्थानीयलाई सुरक्षित राख्नका लगि गाउँको पश्चिम पट्टीको सुरक्षित स्थानमा पाल टाँगेर बस्ने ब्यवस्था गरिएको हो । संभावित पहिरो आउने डर र स्थानीयलाई सुरक्षित राख्नका लागि खुला चौरमा पाल टागेर राती वस्ने ब्यवस्था गरिएको लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले बताए ।
उनले जेठ १ गते राती पहिरो आएको पछिल्लो दिन तील गाउ पुगेर सो ब्यवस्था गरेका थिए । सो स्थान केही सुरक्षित देखिएपछि तील गाउँवासी सबैलाई उक्त स्थानमा वस्ने ब्यवस्था गरिएको हो । बिहान घरमा आउने काम गर्ने र राती मात्र उहाँ पलमा गएर सुत्ने गर्दै आएका छन ।
१९ घरधुरीका ३२ जनालाई सो स्थानमा अस्थायी वासको ब्यवस्था गरिएको हो । पहिरोे दुई घरधुरीको नजिकैबाट गएको छ भने जोखिममा भने पुरै गाउँ रहेको छ । तील गाउँँ र कञ्जुम गुम्बाको बिच भएर बग्ने सेखाङलुग्वा खोलामा पहिरो आउँँदा तीस हल खेती योग्य उवा छरेको जमिन र बिधुतको पावर हाउस पुर्ण रुपमा बगाएको छ ।
सो पहिरो तील गाउँ माथिको काँजी हिमालबाट आएको हुनाले हिमालको फेदीमा हिमताल फुटेको हो । त्यसैगरि पहिरोबाट सिचाई कुलोलाई पनि पुर्ण रुपमा क्षेती पुगेको छ । खानेपानीको लाईनमा क्षेती पुगेपछि गाउँमा खानेपानीको पनि समस्या भएको छ । पहिरोबाट बचेको जग्गामा सिंचाईको समस्या हुनेछ । पहिरोले क्षेती पुर्याएको जग्गामा केही दिन अगाडी मात्र उवा छरिएको थियो ।
वर्षा नभएको भएपनि पहिरो जेठ १ गते बिहीबार राती ११ वजे एक्कासी आएको हो । पहिरो आएसँगै स्थानीय बासीन्दालाई सो राती नै सुरक्षित स्थान हाल बन्द रहेको हिमशिखर आधारभुत बिद्यालयको प्राङगणमा सारिएको थिेयो । पहिरोले बगाएपछि तील गाउँबाट गुम्बा आवतजावत गर्ने बाटो अबरोध भएको छ । हिल्सावाट सशस्त्र र नेपाल प्रहरी तील गाउँ आई क्षेतीको बिबरण समेत लिई सकेको छ ।















