अदानचुली गाउँँपालिकालाई चिनीयाँ सहयोग प्राप्त

फोटो क्याप्सन सदरमुकाम सिमकोट आई पुगेको चिनीयाँँ सहयोगको सामाग्री । तस्बिर : सि.टा 

सि.टा. समाचारदाता
हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकालाई चीनको अली प्रिफेक्चर अन्तर्गत पुराङ काउन्टीले सूचना प्रविधि सम्बन्धी उपकरणहरू प्रदान गरेको छ । ती सामाग्रीहरु गाउँपालिका अध्यक्ष मोहन बिक्रम सिंहलाई हिल्सामा एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको हो ।

पुराङ काउन्टी च्यानल डिकोरेसन कम्पनीमार्फत पहिलो चरणमा प्रदान गरिएका सामग्रीहरू गाउँपालिका अध्यक्ष सिंहलाई हिल्सा नाकामा औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । गत फेब्रुअरी १७ मा अदानचुली गाउँपालिकाका अध्यक्ष सिंह, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हंस महतारा र पुराङ काउन्टीको विदेश मामिला हेर्ने निकाययबीच भएको सहमति अनुसार तीन करोड १२ लाख २६ हजार ९२८ रुपैयाँ बराबरको सहयोग सामाग्री प्रदान गरिने उल्लेख थियो ।

सो सहमति अनुसार स्काभेटर, सूचना प्रविधि सामाग्री, स्वास्थ्य चौकी तथा विद्यालय भवन निर्माणमा सहायता गरिने सम्झौतामा उल्लेख गरिएको थियो । अध्यक्ष सिंहका अनुसार पहिलो चरणमा सूचना प्रविधि सम्बन्धी सामग्री लेनोभो डेस्कटप कम्प्युटर १९ थान, प्रिन्टर १९ थान, प्रोजेक्टर ४ थान, नोटबुक कम्प्युटर ७ थान, मोनिटर १०० थान, स्वीच मेसिन २० थान, भिडियो रेकर्डर आठ थान, नेटवर्क केबल चार थान, मोनिटर कालोमा १० थान, डेमो क्यामेरा सात थान र क्यास्टल हेडर पाँच थान—हस्तान्तरण गरिएको छ ।

सो सामाग्री लिक लगि गाउँपालिकाका अध्यक्ष सिंह, उपाध्यक्ष कर्ण रोकाया, प्रमुख प्रशासकीय अधिकृत प्रदीप भण्डारी र वडा नं. ३ का अध्यक्ष डिलबहादुर फडेराको टोलीले सो सामाग्री हिल्सामा बुझ्नु भएको हो । यी सबै सामाग्रीहरू गाउँपालिका, वडा कार्यालय र सामुदायिक विद्यालयहरूमा आवश्यकता नुसार वितरण गरिने बताउँदै अध्यक्ष सिंहले निरन्तर एक वर्षको प्रयासपछि यो सहयोग सम्भव भएको बताउनुभये ।

चीनको सहयोग अन्तर्गत बाँकी सामग्री—एक थान स्काभेटर र पूर्वाधार विकासका अन्य पक्षमा दोस्रो चरणमा हस्तान्तरण गरिने छ । विशेषगरी चीनले हाल नेपालमा अदानचुली गाउँपालिका (हुम्ला) र थुलुङ दुधकोसी गाउँपालिका (सोलुखुम्बु) लाई मात्र यस्तो प्रकारको सूचना प्रविधि तथा पूर्वाधार सहयोग उपलब्ध गराएको हो । अब केही समय पछाडी नाम्खा गउँपालिकाले पनि उक्त सहयोग प्राप्त गर्नेछ ।