बालश्रम र बालबिबाह मुक्त घोषणा

फोटो क्याप्सन बालश्रम र बालबिबाह मुक्त घोषणा कार्यक्रम । तस्बिर ः सि.टा

लोग भण्डरी
हुम्ला । हिमाली जिल्ला हुम्लाको एक दुर्गम वस्तीको वडालाई बालश्रम र बालबिबाह मुक्त घोषित गरिएको छ । वडाले यस सम्वन्धि भरेका फारम गाउँपालिकाले श्रम तथा रोजगार मन्त्रालयमा पठाउदा मन्त्रालयले यी दुवै कार्य मुक्त गर्न योग्य भएको जनाउ दिएपछि खार्पुनाथ गाउँपालिका– ४ लाई सो मुक्त घोषणा गरिएको हो ।

हुम्ला जिल्लाको पहिलो बालश्रम र बालबिबाह मुक्त वडा घोषणा गर्ने कार्य सम्पन्न भएको गाउँपालिकाका प्रशासकीय अधिकृत बिष्णुबहादुर शाहीले बताए । उक्त वडाले यस सम्वन्धि नौ वटा फारम भरेर गाउँपालिकामा पठाएको र त्यसलाई गाउँपालिकाले अनुमोदनका लागि पठाएको सिफारिसलाई श्रम तथा रोजगार मन्त्रालयले स्वीकृती दिएपछि वडालाई मुक्त घोषणा गर्न संभव भएको हो ।

बालश्रमका हकमा नौ वटा क्षेत्रमा अठार वर्षमुनिका बालबालिकाहरु कोही पनि काम गरेको नपाईएको कारण वडालाई बालश्रम मुक्त घोषित गरिएको हो । उक्त वडामा दुई सय जना यो उमेर समुहका बालबालिका रहनु भएको छ । त्यसैगरि बालबिबाह नगर्ने, गरेमा कानूनी कठघरामा उभ्याउने, बालबिबाह गर्न उक्साउने, हौस्याउने, प्रेरित गर्नेलाई पनि कानूनी कारवाहीको भागीदार वनाउने जनप्रतिनिधि, कर्मचारी, शिक्षक, बिधार्थी, समाजसेवी, आमा समुह र वडावासीले साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेपछि बालबिबाह मुक्त वडा घोषित गरिएको छ ।

उक्त वडाकी वडा अध्यक्ष रंगमति शाहीले निक्कै परिश्रम र समुदायलाई सम्झाउने र जनचेतनामुलक कार्यक्रम सञ्चालन गरे पछिको परिणाम वडालाई दुई वटा कार्य बालश्रम र बालबिबाह मुक्त गर्न सफल भएको बताए । उनले वडालाई दुई वटा कार्यबाट मुक्त गरिएको र अव यसलाई सधैका लागि बचाई राख्न चुनौती देखिएको भएपनि यसलाई बचाई राख्ने कार्यमा आफु लाग्ने बताए ।

दुवै कामका लागि आफु वडाका पाँच वटै बस्तीमा पुगेर जनचेतना फैलाउने कार्यमा लागेको हो । वडालाई बालबिबाह र बालश्रम मुक्त घोषणा गर्नु ठुलो कुरा नभएको तर यसलाई सधाका लागि बचाई राख्ने कार्यमा सबैले आफ्नो ध्यान दिन आवश्यक रहेको छ ।

यो बिकृती बिरुद्ध गाउँपालिकाले जेतनामूलक कर्यक्रम सञ्चालन गर्ने र यसलाई सदाका लगि बिदा गर्ने छ । जेठ महिनाभर बाँकी चार वटा वडालाई घोषणा गर्ने र असार पहिलो हप्ता गाउँपालिकालाई बालश्रम र बालबिबाह मुक्त घोषणा गरेर असार १० गते वस्ने गाउँसभाबाट त्यसलाई अनुमोदन गरिने छ