गणतन्त्र दिवस मनाउन देउडा गीत

फोटो क्याप्सन गणतन्त्र दिवसको अवसरमा देउडा गीत गाउदै महिला र जनप्रतिनिधिहरु । तस्बिर ः सि.टा

सि.टा. समाचारदाता
सिमकोट । गणतन्त्र दिवस मनाउन देउडा गीत गाउने कर्य भएको छ । गणतन्त्र दिवसको अवसरमा खुसीयाली मनाउन, गीत मार्फत गणतन्त्रका बारेमा बताउन र मनोरञ्जन प्रदान गर्न देउडा गाउने कार्य भएको हो ।

लेखैका रुगिनी साग गाई घिउले झान्नु छ, देशमा आएको गणतन्त्र सवैले मान्नु छ । २०६५ सालमा गणतन्त्र आयो, गरिव जनता छोराछोरी स्कुल जान पायो । ती देउडा गीत गाएर गणतन्त्र दिवस मनाउने कार्यक्रममा स्थानीय देउडा गायक महिला र जनप्रतिनिधिहरुले अफ्ना मनका कुरा साटेकी थिईन ।

गणतन्त्रले गर्दा नेपालमा बिकासको ढोका खुलेको, गाउमा सिंहदरवार पुगेको, गाउँँ मै वडा कार्यालय, स्वास्थ्य संस्था स्थापना भएको कुरा महिलाहरुले देउडा गीत मार्फत ब्यक्त गरेकी थिईन । गणतन्त्र राम्रो ब्यवस्था भएकोले यसलाई राजनीति दलहरु, जनप्रतिनिधिहरुले संविधानले ब्यवस्था गरे अनुसार कार्यान्वयन गर्नु पर्ने कुरा गीतमा उल्लेख महिलाले गरेकी थिईन ।

सामाजिक सुरक्षा भत्ता घरघर आयो, घरै ती छ वडा भवन सवैले सुख पायो । त्यसैगरि जनप्रतिनिधिहरुले गणतन्त्र कै कारण गाउँगाउमा सरकार भएको अनुभूति भएको सन्देश देउडा गीत मार्फत सन्देश दिन खोजेका थिए ।

त्यसैगरि जनताको छोरा छोरी राष्ट्र प्रमुख हुन पााउने ब्यवस्था गणतन्त्रले गरेको कुरा गीत मार्फत ब्यक्त गरिएको थियो । देउडा गीत गाउन तीन वटा महिला समुह र एउटा जनप्रतिनिधिहरुको समुह सहभागी भएको थियो ।