
सि.टा.समाचारदाता
सिमकोट । नेपाली फुटवल महिला राष्ट्रिय खेलाडी दिपा शाहीको तस्बिर अङ्कीत टिसर्ट सार्वजनिक गर्ने कार्य भएको छ । फुटबल खेलाडी शाहीको सम्मान र सहयोग गर्नका लागि हुम्ला फुटबल ऐकेडेमीले उक्त टिसर्ट निकालेर सार्वजनिक गरेको हो ।
नेपाली महिला राष्ट्रिय खेलाडी शाहीले फुटबलको क्षेत्रमा पुर्याएको योगदान उच्च कदर गर्दै उहाँको तस्बिर अङ्कीत टिसर्ट छाप्ने कार्य भएको ऐकेडेमीका अध्यक्ष बिष्णु रावतले बताए । साथै उनलाई अझै फुटबलका क्षेत्रमा लागि रहने प्रेरणा मिलोस र हौसला बढाउनका लागि ऐकेडेमीले यो काम गरेको हाोे ।
पहिलो पटक पाँच सय थान टिसर्ट छाप्ने कार्य पुरा भएको छे भने यो टिसर्ट बिक्रीबाट आउने रकमको साठी प्रतिशत खेलाडी शाहीलाई नै सहयोग गर्ने बाँकी चालीस प्रतिशत ऐकेडेमीले प्रशिक्षण सामाग्रीका लागि लिईने छ । ऐकेडेमीले ग्रासरुट फुटबलको क्षेत्रमा जिल्लामा काम गर्दै आएको छ भने खेलाडी शाही पनि हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका– ५ की स्थायी बासिन्दा हुन ।




















