सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा डेढ महिनाको अवधिमा पाँच स्थान बाढी पहिरो गएको छ । जिल्लामा मनसुन नभित्रिदै र बर्खा नलाग्दै पहिरो जाँदा यसबाट मानवीय क्षेती नभए पनि भौतिक क्षेती भने ठुलो भएको हो ।
एक्कासी आएको भीषण वर्षाको कारण जिल्लाको पाँच स्थानमा बाढी पहिरो गएको र यसबाट क्षेती पनि धेरै भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक शंकर पोखरेलले बताए । प्रहरी मुचुल्क अनुसार यस वर्षको सर्वप्रथम अदानचुली गाउँपालिका– ३ मा बैशाख ४ गते बिहान एक्कसी आएको बर्षाको कारण १९ वटा घर, एउटा गोठ, ३२ भेडाबाख्रा मरेको र २० वटा भेडाबाख्रा बेपत्ता भएका थिए भने अमिलोका छ बोट र कागतीका आठ वाोट नष्ट भएका थिए ।
गाउँपालिका भवनमा पानीको भल पस्दा चार वटामा रहेको कार्यालयको सामाग्रीमा क्षेती पुगेको थियो भने सुर्योदय मावि श्रीनगरको दुई वटा भवन पुर्ण रुपमा नष्ट भएका थिए भने दुई वटामा आंसिक क्षेती पुगेको थियो ।
साथै उक्त विद्यालयको स्टोर कोठा पनि पानीको भल पसेपछि सामनामा क्षेती पुगेको थियो । त्यसैगरि जेठ १ गते राती एघार वजे नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको तीलम हिमतालबाट पानी चुहिएर गएको पहिरोले बाटो, खानेपानी, बिधुत, घट्टा, काठेपुल, तीस रो्पनी उवा बाली छरेको जग्गामा क्षेती पगेको थियो ।
वस्ती नै पहिरोको जोखिममा रहेको कारण १९ घरधुरीलाई सुरक्षित स्थानमाा स्थान्तरण गरिएको छ । यता जेठ ५ गते खार्पुनाथ गाउँपालिका– २ को पिउस गाउँँँमा अविरल वर्षाको कारण कोदो, अलु, चिनो, खुर्सानी, फापर लगाएतका बाली लगाएतको अन्नवाली छरेको जग्गाामा क्षेती पुग्नुका साथै कर्णाली नदीमा निर्माणा गर्न लागिएको झोलुङ्गे पुलको पचास वोरा सिमेन्ट, हेम्बर बाह्र थान, तीन सय कट्टा गिट्टी र दुई हजार बोरा बालुवा नष्ट भएको थियाो ।
त्यस्तै जेठ ६ गत्अदानचुली गाउँँपालिका– ६ को लमही गाउँम गएको पहिरोको कारण स्थानीय २१ घरधुरीको धान, कोदो र गहुँ लगाएको जग्गामा क्षेती पुगेको थियो । त्यतै जेठ ६ गते नै गएको पहिरोको कारण खार्पुनाथ गाउँपालिका– १ मा दुई वटा काठे पुल, खानेपानीको धारा, पानी घट्ट, १५ घरपरिवारको बालीनाली वगाएर क्षेती पुगेको थियो । सोही दिन उक्त गाउँपलिका– २ कै थाली गाउँँमा गएको पहिरोको कारण बालीनाली नष्ट गरेको थियो ।






















