
सि.टा. समाचारदाता
हुम्ला । हिमाली जिल्ला हुम्लाका बत्तीस वटा बस्तीहरु बाढी पहिरोको उच्च जोखिममा रहेका छन । भिरालो जमिन भएको स्थान बस्ती बसेको कारण बर्षा भएसंगै आउने बाढी पहिरोको कारण ती बस्तीहरु उच्च जेखिममा रहेका हुन ।
ताँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले आफ्नो गाउँपालिकाका पाँच वटै वडाका गरि सात वटा बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेको बताउनुभयो । उहाँले यी हरेक वर्ष बर्खायातमा पहिरो गई रहने भएपनि स्थानीय वासिन्दाहरु बिकल्प नभएपछि त्रासकाबिच ती जोखिम रहेका बस्तीमा बस्दै आएको बताए ।
उक्त गाउँपालिकाका वडा अनुसार जोखिममा रहेका बस्तीहरुमा वडा नम्बर १ को कोलपेल्ना, २ नम्बरको दलितबाडा, ३ को भियालवाडा र रोकायावाडा, ४ को ओखडेना टोल र वडा नम्बर ५ को लेटपाटा र दलितवाडा रहेका छन ।
यता अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन बिक्रम सिंहले भिरालो जमिनमा बस्ती भएको कारण पालिका पुरै जोखिममा रहेको भएपनि बढी जोखिममा रहेका बस्तीहरुमा वडा नम्बर १ को कल्खे, २ को श्रीनगर र वडा नम्बर ६ को पाल्स वस्ती रहेको बताए । यता चङ्खेली गाउँपालिका– ५ को नेक्पा गाउँ पनि पहिरोको उच्च जोखिममा रहेको छ ।
जिल्ला विपद ब्यवस्थापन समितिका अनुसार सर्केगार्ड गाउँपालिका– १ को छिडी नात्ता, २ को रिप, ३ रातो पानी, ६ को गिउसी र ८ को राहदेब गाउँ पहिरोको उच्च जोखिममा रहेका छन । त्यसैगरि खार्पुनाथ गाउँपालिका–२ को थाली र सेराडिल, ३ को कारंङ्ग, ५ को खर्पेलगाउँँ पहिरोको उच्च जोखिममाा परेकाा छन ।
यता सिमकोट गाउँपाालिका– १ को दोजाम, कुम्लिक जिउलो, ४ को स्याम्ने र ५ को खाद्यक गाउँ बाढी पहिरोको उच्च जोखिममा रहेका छन । जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका– १ को ताङ्गिन, हेक्पा धिंगा, गाडापारी, ३ को च्यादुक, ४ को चाला, ५ को मुचु र ६ को तील र हल्जी गाउँ पनि बाढी पहिरोको उच्च जोखिममा रहेका छन ।
बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीहरु धेरै भएको र यसवर्ष मौसम पुर्वानुमान पनि बढी वर्षा हुने अनूमान गरिएको कारण जिल्ल बिप ब्यवस्थापन समितिबाट निर्णय गरेर वडा, गाउँँपालिका र अन्य यस क्षेत्रमा काम गर्ने सरोकारवाला पक्षलाई पुर्वतयारी अवस्थामा रहने ब्यवस्था गर्न आग्रह गरिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए ।











