बाजुराकाे बाम्का बजारमा आगलागी, नियन्त्रणकाे प्रयास जारी

सि.टा समचारदाता

बाजुरा जिल्लाकाे बुढीगंगा नगरपालिका–६ मा रहेकाे बाम्का बजारमा आगलागी भएकाे छ। आज दिउँसाे ४ बजेतिर एकाएक बजारमा आगलागी भएकाे स्थानीय व्यापारीले बताएका छन्। सामाजिक सञ्जालमा पछ्याउनुहोस्

आगलागी के कसरी भयाे भन्ने खुलेकाे छैन। आगलागीसम्बन्धी अन्य विवरण आउन बाँकी रहेकाे छ। आगलागी नियन्त्रणका लागि प्रहरी र स्थानीय लागिपरेका छन्। याे समाचार तयार पारुन्जेलसम्म बजारमा लागेकाे आगाे नियन्त्रमा आउन सकेकाे छैन।