सिमकोट गाउँँपालिकाद्धारा सार्वजनिक बिदा

सि.टा. समाचारदाता
सिमकोट । हुम्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले जेठ २८ गते बुधबार सार्वजनिक बिदा दिएको छ । जेठ शुक्ल पुर्णिमा ( रलिङ पर्व ) को अवसर पारी सिमकोट गाउँपालिकाले स्थानीय स्तरमा सार्वजनिक विदा दिएको हो ।
सिमकोट गाउँपालिका– २ र ३ मा रहेको रलिङ गुम्बामा बौद्ध तथा हिन्दु धर्मालम्वीहरुको मेला लाग्ने भएको कारण

गाउँपालिकाले सार्वजनिक विदा दिएको गाउँपालिकाले एक सुचना जारी गरेर जानकारी गराएको छ । यो पर्व जिल्ला कै ठुलो पर्वका रुपमा मानिन्छ छ । अधिकाँस मानिसहरु पुजाआजा र रमाईलो गर्न जाने भएको कारण गाउँपालिकाले निर्णय गरेर सार्वजनिक बिदा दिएको हो । बिदाको दिन सिमकोट गाउँपालिका भित्रका विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालय र गाउँपलिकाको कार्यालय बन्द रहने छ ।