सि.टा. समाचारदाता
हुम्ला । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको बनजंङ्गलमा पशुवस्तु चराउन र जडिबुटी सङ्कल गर्न रोक लगाईएको छ । वडा भित्रको बन क्षेत्रको प्राकृतिक सम्पदा, जडिबुटी र बस्पतीको संरक्षण र ब्यवस्थापनका लागि सो कार्य गर्न रोक लगाईएको हो ।
वडा बाहिरका मानिसहरु आएर जथाभावी जडिबुटी सङ्कलन गर्ने, बनमा पशुबस्तु चराउने, बनजङ्गलको नास हुने क्रम बढेपछि वडाबाट निर्णय गरेर आफ्नो क्षेत्र भित्रको बनजंङ्गलमा पशुबस्तु चराउन, जडिकबुटी संकलन गर्न रोक लगाउने कार्य गरिएको वडा अध्यक्ष पाल्जोर तामाङले बताए ।
बनमा भेडाबाख्रा चौरी लगाएतका पशुबस्तु चराउन बन्द गरिएको छ भने वन क्षेत्र, जडिबुटी उत्पादन हुने स्थान तथा संरक्षित क्षेत्रहरुमा भेडाबाख्रा र चौरी चराउन वडा बाहेकका अन्य सबैका लागि पुर्ण रुपमा प्रतिवन्ध गरिएको छ । त्यसैगरि वडाले जडिबुटी संकलन र खनिज कार्यमा पनि रोक लगाईएको होे ।
त्यसैगरि जेठ २८ गतेबाट तीन वर्षसम्मका लागि जडिबुटी संकलन गर्ने, टिप्ने खन्ने वा ब्यापारिक प्रयोजनका लागि लैजाने कार्यमा पनि रोक लगाईएको छ । यो निर्णय उलंङ्घन गर्ने जो कोही पनि प्रचलि कानून अनुसार कारवाही गरिने वडा अध्यक्ष तामाङले बताए ।
यो निर्णय बन सम्पदा संरक्षण, बाताबरणीय सन्तुल कायम राख्न तथा स्थानीय जैविकबिबिधता जोगाउन गरिएको हो । लिमीका स्थानीय यो काम नगर्ने तर बाहिरबाट आएका बासिन्दाहरुले भने जथाभावी गर्ने भएको कारण रोकथाम गर्न यो प्रयास गरिएको हो ।























