
सि.टा. समाचारदाता
सिमकोट । नेपाली काँग्रेस निकट लोकतान्त्रीक निर्माण ब्यवसायी संङ्घको अध्यक्षमा स्याराप छिरिङ लामा दोस्रो कार्यकालका लागि चयन भएका छन । शनिबार भएको तेस्रो जिल्ला अधिबेशनले सङ्घको अध्यक्षमा लामालाई सर्वसममत चयन गरेको हो ।
अधिबेशनले लामालाई अध्यक्षमा चयन गरेको छ भने उपाध्यक्षद्धयमा तन्जन लामा र बसन्त कुमार शाहीलाई चयन गरेको छ । त्यसैगरि महासचिवमा बिपिन रोकाया, उपमहासचिवद्धयमा तेन्जिङ नुर्व लामा, वर्खबहादुर पाल, कोषाध्यक्षमा पुटी तामाङ, सहकोषाध्यक्षमा तुन्डुप लामालाई सर्व सम्मत चयन गरेको छ ।
२१ सदस्यीय जिल्ला कार्य समितिका सदस्यहरुमा जुना सिंह, ओमकार लामा, सरोज रावत, कोन्जोक छिरिङ लामा, बुछि रोकाया, उपेन्द्र लामा, कृष्ण हमाल, छेपेल लामा, ठानबहादुर भण्डारी, गोर्ख शाही, कृष्णबहादुर मल्ल, लोकेन्द्र शाही र छिरिङ डम्डुल लामा चयय हुनु भएको हो ।
अध्यक्षमा दोस्रो कार्यकालका लागि चयन भएपछि लामाले बिकास निर्माणका गुणस्तरी काम गर्ने बाताबरण तयारीका लागि लाग्ने बताए । कार्यक्रममा काग्रेस का.वा. सभापति कैलाश भण्डारीले निर्माण ब्यवसायीलाई समय मै कम सम्पन्न गर्ने, गुणस्तरीय काम गर्न सुझाव दिनुका साथै यो कामका लागि रचनात्मक सहयोग गर्न तयार रहेको बताए ।
खार्पुनाथ गाउपालिका अध्यक्ष कर्णबहादुर रावलले निर्माण ब्यवसायीले जिम्मेवारी अनुसार काम गरे जिल्ला बनाउन कठिन नहुने सुझाव दिए । काँग्रेस उपसभापति बसन्त रोकायाले आफ्नो जिम्मेवारीतर्फ सधै सचेत भएका काम गर्न निर्माण ब्यवसायीलाई आग्रह गरे ।
लोकतान्त्रि निर्माण ब्यवसायीका सदस्यहरुले आफ्नो पहिचाभ देखिने गरि काम गर्नु पर्ने नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष राजन रावतले बताए । कार्यक्रममा काँग्रेस सचिव कृष्णबहादुर बोहरा, कोषाध्यक्ष बबिता शाही काँग्रेस कर्णाली प्रदेश अधिबेशन प्रतिनिधि सविता बुढा, नेपाल लोकतात्रीक अपांग महासंघका केन्द्रीय सदस्य जनक शाही लगएको उपस्थिती रहेको थियो ।























