कर्णाली क्यास्केड जलविधुत आयोजनाको बाताकरणीय प्रभाव मुल्याङ्कन प्रतिबेदन तयार

फोटो क्याप्सन नाम्खा गाउपालिकामा रहेको हुम्ला कर्णाली । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
हुम्ला । हुम्ला कर्णाली क्यास्केड जलविधुत आयोजनाबाट दुई स्थानमा बिधुत उत्पादन हुने भएको छ । स्थानीय सरोकारवाला पक्षको उपस्थितीमा आयोजनाको बाताबरणीय प्रभाव मुल्याङ्कन प्रतिबेदन माथि सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै दुई स्थानबाट ६८१ दशमलव दुई मेघावाट बिधुत उत्पादन हुने जानकारी गरिएको हो ।

हुम्ला जिल्लाका नाम्खा गाउँपालिकाको याल्वाङ, सिमकोट गाउँपालिका–७ को धारापोरी र खार्पुनाथ गाउँपालिका–४ को छिप्रामा आयोजना गरिएको तयार भएको प्रतिवेदन माथिको सार्वजनिक सुनुवाई कार्यक्रममा उक्त बिधुत उत्पादन हुने डिजायर्ड ईन्जिनीयरिङ कन्सल्टटेन्सीका बन तथा बाताबरण बिज्ञ जयराम मिश्रले बताए ।

पहिलोका लागि नाम्खा गाउँपालिका– ४ को याल्वाङमा कर्णाली नदीमा ९२ मिटर लम्बाई र ४६ दशमलव पाँच मिटर चौढाईको बाँध निर्माण गरेर छ घण्टा पानीलाई पिकिग गरेर तीन दशमलव चार किलो मिटर लम्बाईको जलाशय निर्माण हुने छ । बाँधबाट एक सय घनमिटर प्रति सेकेन्ड डिजाईन बहाबलाई सात मिटर अग्लो र छ दशमलव पाँच मिटर चौडाई भएको तीन वटा ईन्टेक मार्फत पानी प्रबाह हुनेछ ।

१३ दशमलव ५४३ किलोमिटरको सुरुङको माध्यमवाट पानी सर्ज ट्याङ्कसम्म पुर्याई दुई हजार ८४९ मिटर लम्वाई र चार दशमलव सात मिटर ब्यास भएको पेनस्टक पाईप मार्फत प्रस्तावित सतही बिधुतगृह सिमकोट गाउँपालिका– ८ को खोल्सी गाउँमा खसालेर २५२ दशमलव चार मेघावाट बिधुत उत्पादन हुने छ ।

त्यसैगरि अर्को तत्पश्चात बहावलाई १०० मिटर लम्बाईको निकास नहर मार्फत १२० मिटर लम्बाई, २० मिटर चौडाई र १२ मिटर गहिरो पोखरीबाट ६२५ मिटर लम्बाई, छ मिटर चौडाई र छ मिटर उचाई भएको हेडरेस नहर हुदै सात दशमलव चार मिटर व्यासको १५ दशमलव ९७ किलो मिटर. लामो सुरुङ्गको माध्यमबाट पानीलाई २० मिटर व्यास तथा ७० मिटर उचाई भएको गोलाकार भूमिगत सर्ज ट्याङ्कसम्म लगि ४२५ मिटर लम्बाई र पाँच दशमलव दुई मिटर व्यास

भएको पेनस्टक पाईप मार्फत खार्पुनाथ गाउँपालिका–४ लालीचौरमा रहने भूमिगत विद्युतगृहमा खसाली २२८ दशमलव आठ मेगावाट विद्युत उत्पादन हुने छ । अन्त्यमा पानीलाई ४२५ मि. लम्बाईको निकास सुरूङ्ग मार्फत हुम्ला कर्णाली नदीमा पुनः मिसाईने छ । नेपाल सरकार उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय बिधुत बिकास बिभागको लगानीमा पुर्वसंभाव्यता अध्ययन उक्त कन्सल्टटेन्सीले गरेको हो । यी दुवै आयोजनाका लागि एक लाख ३१ हजार७६२ मिलिय डलर लाग्ने छ ।