सि.टा. समाचरादाता
हुम्ला । सर्केगाड गाउँपालिका–३ उनापानीको औलवस्तीमा आगलागी भएको छ । उनापानीको औलवस्तीमा आइतबार राति एघार वजेबाट सुरु भएको आगलागी सोमबार बिहान मात्र नियन्त्रणमा आएको हो । राति करिब ११ बजेबाट सुरु भएको आगलागीबाट आठ वटा घर पुर्ण रुपमा जलेर नष्ट भएका छन् ।
स्थानीय बिर्ख रावतको घरको गोठबाट सुरु भएको आगलागीले धनबहादुर रातव, जनक रावत, विजन फडेरा, पाले फडेरा, लालकौरा फडेरा, दुधशिला फडेरा र बाटुल्ली फडेराको घर जलेर नष्ट भएका छन् । आगलागीको कारणबारे कुनै जानकारी नभएको पीडित धनबहादुर रावतले बताए ।
सर्केगाड प्रहरी चौकीका प्रहरी निरीक्षक सुविन शाहको नेतृत्वको टोली राति २ बजे घटनास्थलमा पुगेर अहिले आगो नियन्त्रणमा ल्याउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । आगलागीबाट घरमा भएका अन्नपात, भाडाकुडा, लिउ फेरुवा, नागरीकता, घरको लालपुर्जा, अन्य कागजातसहित नगद जलेर नष्ट भएको छ ।
पीडित रावतका अनुसार आफ्नो घरमा भएको दुई लाख २० हजार रुपियाँ समेत जलेर नष्ट भएको गुनासो गरे । उनको खुट्टामा लगाउने चप्पल समेत जलेर नष्ट भएको छ । भएको जतिका सबै सम्पत्ति जलेका छन् । यद्यपी, मानविय क्षति भने भएको छैन । प्रहरी चौकी समेत सर्केगाडमा भएकाले स्थानीय नागरीकहरुको सक्रियतामा आगलागी निभयाउने प्रयास भएको थियो । प्रहरीले मुचुल्का तयार पार्ने कार्य गरि रहेकोले क्षेतीको बिबरण भने आउन बाँकी छ ।
























