
सि.टा. समााचारदाता
सिमकोट । सिमकोट हिल्सा सडकको च्याछरा खण्डमा शरिरमा डोरी बाँधेर कामदार होल खोप्ने जोखिम पुर्ण काम गर्नु परि रहेको छ । भीरको छेउमा र तल कर्णाली नदी बगी रहेको अवस्थामा अन्य बिकल्प नभएपछि कामदार मध्य दुई जनाले होल खोप्ने कामदारको शरिरमा डोरी बाँधेर समात्ने र डोरी बाँधेको मानिस होल खोप्ने गर्नु परेको हो ।
शरिरमा डोरी बाँधेर होल खोप्ने कार्य गरि रहनु भएकन कामदार परेख सुनारले च्याछरामा जोखिमपुर्ण कार्य गर्नु परि रहेको बताए । उनको शरिरमा डोरी बाँधेर अर्का दुई जना कामदारले तानेर राख्ने र त्यसपछि सुनारले डिलिङ गरेर होल खोप्ने कार्य तीन दिनदेखि गरि रहेका छन् ।
तल कर्णाली नदी बगेको देख्दा डर लाग्ने गरेको भएपनि त्यो काम गर्नै पर्ने बाध्यता रहेको छ । सो सडकमा होल खोपेर बत्तीस एमएमको छड गाड्ने र त्यसैमा प्लम्प वालको लागि ढलान गर्नका लागि यो काम गर्नु परेको हो । ओएसिस ईन्जिनीयरिङ व्लील्डर प्रालिका स्थानीय प्रतिनिधि हरि बाोगटीले काम जोखिम भएपनि गर्नै पर्ने बाध्यता रहेको बताए ।
यसरी कामदारको शरिरमा डोरी बाँधेर एक सयक मिटर सडकको छेउमा होल खोप्ने कार्य हुने गरेके छ । यसका लागि एघार जना कामदार खटाईएको छ । होल खोपेर छड गाडेर ढलान भएपछि साँघुरो सडक छ मिटर चौढा हुनेछ ।
कडा चट्टानी भीर भएको कारण यो उपाय नअपाए सडकको ग्रेड मिलाउन कठिन हुने अवस्था रहेको कारण यसरी काम गर्नु परेको हो । सिमकोट हिल्सा सडकको सबै भन्दा असजिलो खण्डका रुपमा यस क्षेत्रको सडकलाई मानिन्छ । हिल्सा सिमकोट सडक योजनाका योजना प्रमुख बेलबहादुर नेपालीले साहासी कामदार भएको कारण यस्तो जोखिमपुर्ण काम भई रहेको बताए ।
जो कोही कामदारले गर्न नसक्ने यो काम तर पनि भई रहेकोमा कामदारलाई उनले धन्यवाद दिए । आगामी असार मसान्तसम्म च्याछराको सडकको ग्रेड मिलाउने र ढलान गर्ने कार्य सम्पन्न गर्न जोडतोडका साथ काम भई रहेको छ ।























