महिला उद्यमी महासंङ्घ नेपाल हुम्ला शाखा गठन

फोटो क्याप्सन तदर्थ समिति गठन भएपनि शाखाका पदाधिकारी र सदस्यहरु । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । महिला उद्यमी महासंङ्घ नेपाल हुम्ला शाखा गठन भएको छ । उद्यमी महिलाहरुको जिल्ला स्तरीय भेलाले शाखा गठन गरेको हो । हुम्ला जिल्लामा पहिलो पटक महिला उद्यमी महासङ्घ नेपालको हुम्ला शाखा उद्यमी महिलाहरुको छलफलबाट गठन भएको शाखाकी सचिव गीता खड्काले बताईन ।

उद्यमी महिलाहरुको भेलाले कलशा देबी चौलागाईंको अध्यक्षतामा शाखा गठन गरिएको छ । उपाध्यक्षमा लछु भण्डारी, महासचिवमा कृष्टीना शाही, गीता कुमारी खड्का, कोषाध्यक्षमा हिरा बुढा चयन भएकी छन । त्यसैगरि भेलाले ।बरिष्ठ सदस्यमा निर्मला तामाङ र कुन्साङआमु लामा चयन गरेको छ ।

त्यसैगरि सदस्यमा शोभा बुढा, उद्यम बुढा, लक्षिमा बोहरा, बबिता रोकाया, सारधा चौलागाई र छिरिङपुनोर लामा चयन भएकी हुन । हाललाई तदर्थ समितिका रुपमा गठन गरिएको जिल्ल शाखा नै सर्वसम्मत चयन भएको हो ।

उनीहरु सबै उद्यमी महिला हुन । छरिएर रहनु भन्दा सवै एउटै समुहमा आबद्ध भएपछि केही गर्न सकिने र समस्याहरु पनि समाधान गर्न सहज हुने भएपछि शाखा गठन गरिएको उनले जानकारी दिईन ।