हुम्लामा औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस सप्ताहब्यापी मनाईने

फोटो क्याप्सन बैठकका सहभागीहरु । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । लागु औषध दुरुपयोग तथा अवैध असारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस सप्ताहब्यापी मनाईने भएको छ । बुधबार सरोकारवाला पक्षविच वसेको वैठकले दिवसलाई एक हप्तासम्म लगातार बिभिन्न कार्यक्रम गरेर मनाउने निर्णय गरिएको हो ।

दिवस असार ६ गतेबाट बाह्र गतेसम्म मनाईने छ । जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला पक्षबिच बसेको बैठकले असार ६ गते बिहान सात वजे जिल्ला प्रहरी कार्यालयमा लागु औषध नियन्त्रण सम्वन्धि अन्र्तकृया तथा छलफल कार्यक्रम गरिने छ भने यो अवधिमा जिल्ला प्रहरी कार्यालयले स्थानीय तहसंग समन्वय गरि विभिन्न विद्याालयहरुमा

लागु औषध दुरुपयोग बिरुद्ध जनचेतना मूलक कार्यक्रम, कक्षा सञ्चालन, सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत वडा, टोल तहसम्म लागु औषध दुरुपयोगका लक्षण र अभिभावकको दायित्व सम्वन्धि जनचेतनामूलक कार्यक्रम सञ्चाल गरिने छ । जिल्ला ट्रााफि प्रहरीले सिम नाका तथा यातायातका

साधनहरुमा सप्ताहाव्यापी रुपमा लागु औषध ओसार पसार कार्यका लगि कडा रुपमा चकेजाँच गर्ने, सिमा नाका क्षेत्रमा लागु औषध दुरुपयोग तथा ओसारपसार हुने संभावित क्षेत्र भएकोले यस्ता क्षेत्रलाई लक्षित गरेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, स्थानीय तहको नीति तथा कार्यक्रम र वजेटमा लागु औषध दुरुपयोग बिरुद्धको अभियानलाई मुलप्रवाहीकरण गर्न सवै स्थानीय तहलाई अनुरोध गर्ने,

यो दिवस भव्य रुपमा स्थानीय तहस्तरमा मनाउन जिल्लाका सवै स्थानीय तहलाई अनुरोध गर्ने र विदसको अन्तिम दिन असार १२ गते ११ वजे एयरपोर्ट चोकबाट र्याली निकालेर जिल्ला समन्वय समितिमा उपस्थित भएर कार्यक्रमको समिक्षा सहित समापन गरिने प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । वैठकमा सुरक्षा निकायका प्रमुख र सरोकारवाल पक्षको उपस्थिती रहेको थियो ।