सि.टा. समाचारदाता
सिमकोट । सिमकोटबाट हिल्सा र लिमी लाप्चाका लागि सञ्चालन हुदै आएका यातायातका साधनहरुले बढी यात्रु बोक्ने गर्दै आएका छन् । यी दुवै रुटमा सुरक्षा चेकजाँचको ब्यवस्था नभएको कारण यातायातका साधनहरुले सिट क्षेमता भन्दा बढी यात्रु बोक्ने गरेका हुन ।
सिमकोट गाउँपालिका– ८ की नानी बुढाले आफु जडिबुटी सङ्कलन गर्न नाम्खाा गाउँपालिका – ५ को यारी जानेक्रममा बोलेरो जीप चढेको र सो बोलेरोको बाहिर ढालामा समेत चौध जना यात्रु रहेको बताईन । चालकलाई यात्रु बढी भए भन्दा तपाई नजाने भए झर्नु अरु यात्रु जान्छन भन्ने जवाफ आएपछि नबोलेर जीपमा बसेर आफ्नो यात्रा गरेको उनले बताईन । त्यति मात्र नभएर धारापोरीबाट यारी जानेक्रममा याल्वाङमा मात्र प्रहरी चौकी चेकजाँच गर्ने भएको कारण पनि चालकले मनोमानी यात्रु बोकेर हिड्ने गरेका छन ।
याल्वङको प्रहरी चौकी आउन दुई सय मिटर अगाडी दश जना यात्रुहरुलाई झार्ने गरिएको छ । चौकीमा प्रहरीले जीपलाई चेकजाँच गरि सकेपछि केही दुरी अगाडी पुगेर सोही जीपले ती झारेका यात्रुहरुलाई यारी तर्फ लग्ने गर्दै आएका छन । उनले यसमा यात्रुहरुको पनि कमजोरी रहेको बताउदै यात्रुले सिट क्षेमता भन्दा बढी यात्रु बोक्ने यताायातका साधनलाई नचढ्ने भन्न कसैले भन्न नसक्नु गल्ती भएको बताए ।
आफ्नो उपस्थिती नरहेको कारण सिट क्षेमता भन्दा बढी यात्रु बोक्ने समस्या रहेको हुन सक्ने बताउदै ट्राफिक प्रहरी अनिल शाहीले यो समस्या भए ट्राफिक प्रहरीलाई जानकारी गराउनु जिल्लावासीलाई आग्रह गरे । उनका अनुसार हुम्ला जिल्लामा सञ्चालीत रातो नम्बर प्लेटका बोलेरो जीपको सिट क्षेमता चालक सहित पाँच जना मात्र रहेको छ ।
अर्को बन्दवाला बोलेरोका सिट क्षेमता चालक सहित नौ जन मात्र रहेको उनको भनाई रहेको छ । ट्राफिक प्रहरीको ब्यवस्था हालम उत्तरी हुम्लामा भएको छैन । यसको फाईदा चालक र गाडी मालिकले उठाएको बताउदै उनँले तत्कालका लागि समाधानको उपाय भनेको यात्रुहरुले ट्राफिक प्रहरीलाई जानकारी गराउनु रहेको बताए । हाल सिमकोटबाट यारी, हिल्सा र लिमी लाप्चा जाने यात्रुहरुको संङ्ख्या बढी रहेको छ । ट्राफिक प्रहरीको उपस्थिती सदरमुकाम सिमकोट, सर्केगार्ड र बाजुरा र हुम्लाको सिमाना कवाडीमा मात्र रहेको छ । सिट क्षेमता भन्दा बढी यात्रु बोक्ने यातायातका साधनहरुलाई कुनै दुर्घटना भए त्यतिबेल समस्य आउने देखिएको छ ।















