यी हुन देशका प्रभावसाली आउदा हुम्लावासीले पाएका सुविधा

सि.टा. समाचारदाता
हुम्ला । अहिले खार्पुमा निर्माणको अन्तिम चरणमा पुगेको बेलिब्रीजको विषयलाई लिएर सामाजिक सञ्जाल निक्कै कुरा आउने क्रम जारी रहेको छ । तर हालसम्म देशका प्रभावसाली ब्यक्ति आउदा जिल्लावासीले केही महत्वपुर्ण कुरा पाएको भने हो ।

हाल खार्पुको दोजाम कर्णाली नदी माथि निर्माणको अन्तिम चरणमा रहेको बेलिब्रीज तत्काल निर्माण हुनुमा यसको जस जिल्लाका राजनीति दल र जनप्रतिनिधिहरुलाई पनि जान्छ । यो संगै एमालेका प्रभावासाली नेता उपमहासचिव प्रदिप ज्ञवालीलाई धन्यवाद दिन पनि कन्चुस्याई गर्न हुदैन ।

उनले बेलिब्रीजको निर्माण कार्य अन्तिम चरण रहेको कुरा सञ्चार माध्याममा आएपछि आफुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई माग तथा आवश्यकता पत्र बुझाएको र आफु खार्पुमा पुगेर बेलिब्रीज निर्माण स्थल अवलोकन गर्दाको तस्बिर सामाजिक सञ्जालमा पोष्ट्याए पछि चर्चा बढी रहेको छ । उनलाई धन्यवाद दिनुका साथै यसको पृष्ठभूमि कसरी निर्माण भयो भनेर बुझ्न पनि आवश्यक रहेको छ ।

हालका प्रधानमन्त्रीका किचन क्यविनेटका सदस्यको हैसियत राख्ने उपमहासचिव ज्ञवालीलाई पनि जिल्ला राजनीति दलहरु , जप्रतिनिधि र नागरिक समाजले पनि त्यसरी नै बुझेर उनीबाट जिल्लाले फाईदा हुने वा सहयोग माग्ने कार्य गर्न रत्तीभर पनि अप्ठ्यारो मानेन । उपमहासचिव ज्ञवालीलाई जिल्लावासीको तर्फबाट एक सुत्रिय मागपत्र पेश गरियो ।

उनले पनि सो माग पत्र बुझदै अहिले भन्न छिटो हुने तर केही भने अवस्य हुने उतिबेला बताएका थिए । सरकारी उच्च पदस्थ बाहेक दलका ठुला नेता आउदा ज्ञापनपत्र त के भेटघाट पनि नगर्ने चलन जिल्लामा पुरानै थियो । तर त्यसलाई चिर्दै जिल्लाका दल र जनप्रतिनिधिहरुे सामुहित भेट्ने , समस्या सुनाउने र माग पत्र दिने सहमति गरे अनुसार त्यसको फाईदा लिन पनि सफल भए ।

जसले गर्दा असार महिना भित्रै सदरमुकाम सिमकोट औपचारिक रुपमा सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसंग जोडिदै छ । त्यसैगरि २०७३ साल पुस महिनामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको सम्युक्त सरकार हुँदा तत्कालीन प्रधानमन्त्री प्रचण्ड हिल्साको बेलिब्रीज उद्घाटन गरेर सदरमुकाम सिमकोट आई पुगेका थिए ।

जिल्लावासीसंगको भेटका अवसरमा प्रधानमन्त्रीसंग हुम्लाले राखेको माग सिमकोट खेल मैदानको राखिएकोमा तत्काल पुरा भएको थियो । यसका लागि पनि जिल्लाका राजनीति दलहरुले सम्युक्त रुपमा माग पत्र प्रधानमन्त्रीसंग पेश गरेका थिए र प्रधानमन्त्रीले पनि सकरात्मक आस्वासन दिएका थिए । तत्कालीन सरकारले खेल मैदानको जग्गा खरिदका लागि तीन करोड वजेट उपलब्ध भएको थियो र जसको परिणाम स्वरुप अहिले खेल मैदान निर्माणका क्रममा रहेको छ ।

तत्कालीन मन्त्री परिषदमा हुम्ला जिल्लाबाट संसदमा प्रतिनिधित्व गर्ने न पर्यटन सँस्कृति तथा नागरिक उड्डयान मन्त्रीमा जीवनबहादुर शाही थिए । उनको सरकारमा सहभागीताले पनि खेलमैदानका लागि वजेट ब्यवस्था गर्न सहयोग गरेको थियो ।

त्यसैले प्रभावसाली आउदा जिल्लाले यी ठुला कामहरु तत्काल पाउन सफल भएको हो । यी दुवै बिकासे कामहरु जिल्लामा प्रभावसाली ब्यक्ति आउदा गरेको माग पुरा भएका घटनाहरु हुन । यो भन्दैमा जिल्लाका नेताहरुले केही गरेकै छैनन भन्न भने खोजिएको होईन ।