सि.टा. समाचारदाता
सि.मकोट । उत्तरी नाँम्खा गाउँपालिकाका उच्च पाटनमा चौरी गाईका गोठहरु सारिएको छ । असार महिना लागेपछि गर्मी बढेको कारण गोठ उच्च पाटनमा सारिएको हो ।
नाँँम्खा गाउँपालिका– १ को हेक्पा गाउँका नाक्पु लामाले असार महिना लागेपछि चौरी गााईका गोठ उच्च पाटनमा सार्न सुरु गरिएको बताए ।
पाटनमा हिउ पग्लनु, गर्मी बढ्नु र पाटनमा घाँस पलाएपछि उच्च पाटनमा चौरी गाईका गोठ सारिएको हो । नाम्खाका उच्च पाटनहरु छुङ्सा, न्यानु, टाक्ची, लिङ खोला लगाएतका उच्च पाटनमा चौरी गाईका खर्च सार्ने कार्य भएको होे । चौरी गाईका खर्च सारिएको कारण ती पाटन पनि रमाईलो देखिन थालेका छन ।
उक्त गाउँका सत्तरी चौरी गाईको खर्क उच्च पाटनमा सार्ने कार्य भएको बताउदै उनले अब बर्खाभरि यी पाटनमा पालन हुने बताए । खर्कालाहरुका लागि चार महिना महिनाका लगि पुग्ने खाद्य तथा बन्दोवस्तीका सामानहरु पनि लिईएको छ । अब आगामी कातिक महिनामा मात्र ती पाटनका खर्कहरु तल झारिनेछ ।
लिमीका वडा अध्यक्ष पाल्जोर ताामाङले लिमीका दुई गाउँ तील र हल्जीका चौरी गाई पनि उच्च पटनमा सार्ने कार्य भएको बताए । खर्कमा गोठालाहरुले नौनी, छुर्पी, चिज पनि तयार पार्ने र बिक्री समेत सुरु भएको छ ।















