सि.टा. समाचारदाता
सिमकोट । खार्पुनाथ गाउँपालिकाले अगामी आर्थिक वर्षका लागि ४७ करोड भन्दा बडी बजेट ल्याएको छ । मंगलबार सुरु भएर सम्पन्न भएको १७ औ गाउँ सभाबाट सो वजेट पारित समेत भएको हो ।
खार्पुनाथ गाउँपालिकाले पनि शिक्षा, स्वास्थ्य, कृषि, पशु सडक निर्माण, पहिरो नियन्त्रणलाई बजेट तथा कार्यक्रमले प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताए ।
सो गाउँपालिकाले ४७ करोड ६४ हजार ४९९ रुपियाको बजेट गाउँसभाबाट पारित गरेको छ । यो बजेटको श्रोतमा संङ्घीय सरकार, प्रदेश सरकारबाट प्राप्त अनुादन र राजस्व रहेको छ । कुल बजेटमा पूँजीगततर्फ १९ करोड एकासी लाख पाँच हजार २६१ रुपियाँ रहेको छ भने चालुतर्फ २७ करोड ८३ लाख ६४ हजार ४४९ रुपियाँ रहेको छ ।
गाउँपालिकाको बजेटको आम्दानीका श्रोतमा अन्तर सरकारी बित्तिय हस्तान्तरण अन्र्तगत ससर्त, समपुरक, सम्मानीकरण, बिशेष अनुदान रहेको छ भने राजस्व र आन्तरिक श्रोतलाई पनि समेटिएको छ । यो बजेटलाई गाउँपालिकाले आर्थिक बिकास, सामाजिक बिकास, पुर्वाधार बिकास, सुशासन संगठन तथा बाताबरण र कार्यलय सञ्चालन तथा प्रशासनीक शिर्षकमा बिनियोजित गरिएको छ ।
गाउपालिका अध्यक्ष रावलले सभामा नीति पेश गरेका थिए भने उपाध्यक्ष ज्ञानबहादुर सिंहले बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । साथै सभाले बाह्र वटा ऐन कार्यबिधि, प्रमाणीकरण र सम्शोधन समेत पारि गरेको छ ।
























