सि.टा. समााचारदाता
सिमकोट । सर्केगार्ड गाउपलिका– ३ को उनापानी गाउँमा गत असार १ गते राती लागेको आगलागीबाट पिडितहरुलाई राहत सहयोग प्रदान गरिएको छ । सिटिजन्स बैंक इन्टरनेस्नल नेपाल सर्केगार्ड शाखाको आयोजना सो सहयोग प्रदान गरिएको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उनापानी गाउँका आगलागी पिडितलाई राहत सहयोग प्रदान गरिएको उक्त शाखाका प्रबन्धक सुबास भण्डारीले बताउनुभयो ।
आठ घरपरिवारको पिडासङ्ग जोडिने सानो प्रयास स्वरुप आगलागी पिडित घरपरीवारलाई आपतकालीन राहत प्रदान गरिएको हो । राहत सहयोगमा प्रति घरधुरी एक बोरा चामल, एक बोरा मैदा, एक थान प्रेसरकुकर, एक थान डिक्चि, पाँच वटा थाल, पाँच वटा कचौरा, पाँच वटा गिलास, पाँच प्याकेट खाने तेल र एक थान डाडु पनिऊ रहेको छ । उक्त सहयोग गाउँपालिकाका अध्यक्ष ठान बहादुर रोकाया, उपाध्यक्ष देवकी तिमिल्सिना रोकाया लगाएतको उपस्थितिमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड शाखा कार्यलय सर्केगाडको तर्फबाट पिडित परिवारलाइ हस्तान्तरण गरिएको हो ।















