सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोर अन्र्तगत बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा हुम्ला आउने यातायातका साधनहरुका लागि अनिश्चित कालका लागि बन्द गरिएको छ ।
२४ घण्टे अल्टिमेटम दिएर गत शुक्रबार दिउसोबाट खोलिएको बन्दलाई निर्धारित अवधिमा आफ्ना मागको कुनै सुनुवाई नभएको भन्दै आईतबार बाह्र वजेबाट स्थानीय पून बन्द गरिएको हो ।
स्थानीय हिमाली युवा ल्वबद्धारा आईतबारबाट लागु हुने गरि धुलाचौरमा हुम्ला आउने यातायातका साधनहरुलाई सञ्चालनमा रोक लगाउदै अनिश्चित कालका लागि यातायात सेवा बन्द गरिएको छ । पाँच बुँदै माग राख्दै हिममाली युवा क्लवले अनिश्चित कालका लागि यातायात सेवा बन्द गरेको हो ।
क्लवले प्रकाशित गरेको माग पत्रमा केही दिन अगाडी लाम्पाता क्षेत्रमा भएको घटनाको सरजमिन गरिनु पर्ने, खार्पुनाथ गाउँपालिका– २ र ३ तथा सर्केगार्ड गाउँपालिका– २ का घटनासंग सम्वन्धित ब्यक्तिहरुलाई कानूनी दायरामा ल्याउनुका साथ स्थानीय ब्यक्ति र घुम्न गएका गएका पर्यटकहरुको लुटिएका ब्यक्तिगत र सार्वजनिक सम्पती क्षेती पुर्ती पिडित ब्यक्तिलाई उपलब्ध गराउनु पर्ने, लाम्पाता घटनामा निर्मम कुटिएका ब्यक्तिहरुको उपचारका लागि पिडक ब्यक्तिले जिम्मा लिई पिडित पक्षको उपचार गराउनु पर्ने र च्याचौरमा निर्माणधिन प्रहरी चौकी भवनको निर्माणमा नष्ट भएका सामानहरुको क्षेतीपुर्ती असुल गरि भवन निर्माण कार्य तत्काल अगाडी बढाउनु पर्ने रहेको छ ।
लाम्पाटा च्याचौरको सिमा विवादलाई लिएर बाजुरा र हुम्लाका स्थानीयकाविच भएको झडपमा परि चार जना घाईते हुदा धुलाचौरका स्थानीयले गत मंगलबारदेखि बहिबिारसम्म यातायात सेवा बन्द गर्नु भएको थियो ।
क्लवले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दोषीमाथि कडा कारबाही, पीडितलाई न्याय तथा राज्यको ध्यानाकर्षण गराउन बाध्य भएर कर्णाली राजमार्ग बन्द गर्नुपरेको स्पष्ट पारेको छ ।
विज्ञप्तिमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय बाजुरा र हुम्लालाई समेत औपचारिक रूपमा ध्यानाकर्षण गराइएको छ ।
दुर्गम भेगका नागरिकको पीडा पटक–पटक बेवास्ता हुँदा अन्ततः सडक नै विरोधको गर्नु परेको स्थानीयवासीको गुनासो छ । स्थानीयले समयमै राज्यले संवेदनशीलता देखाएर पीडितका माग सम्बोधन नगरे कर्णाली क्षेत्रको जनजीवन थप प्रभावित हुन सक्ने चेतावनी दिएका छन् ।




















