सि.टा.समाचारदााता
सिमकोट । कर्णाली राजमार्ग अन्र्तगतको सुर्खेत–जुम्ला सडकका कालिकोटको गगने खोलामा पहिरो खस्दा सोमबार बिहानदेखि सडक अवरुद्ध भएको छ ।आइतबार बेलुकीदेखिको वर्षाले गगने खोलामा गएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको हो ।
कालीकोटका प्रहरी नायव उपरिक्षाक टेक बहादुर रावतले रातिदेखि अत्यधिक वर्षा भएकोले गगने खोलामा पहिरो खसेको बताए । उनले गाडी चल्न सक्ने अवस्था नरहेको बतााउदै पहिरो पन्छाउन कर्णाली करिडोर सुरु हुने खुलालु जिरो पोइन्टमा खसेका ढुङ्गा पन्छाएर जेसीभी गगने खोलाको पहिरो हटाउन पठाइएको बतााए ।
पहिरो बगिरहेकोले काम गर्न पनि कठिन भएको छ । सडक डिभिजन जुम्लाले मेसिन पठाएको र सानोतिनो पहिरो पन्छाउदै मेसिन ठूलो पहिरो गएको ठाउँमा पुगिसकेकाले पानी रोकिए दिउँसोसम्म एकतर्फी सडक सुचारु गर्न सकिने अवस्था रहेको सडक डिभिजन जुम्लाले जनाएको छ ।
सडक अवरुद्ध हुँदा कालिकोट, जुम्ला मुगु, बाजुरा, हुम्लाबाट सुर्खेत जाने र त्यताबाट माथितिर आउने गाडी रोकिएको प्रहरीले जनाएको छ । कूल २३३ किमी लम्बाई भएको कर्णाली राजमार्गको नाग्म–जुम्ला खण्डमा सडक राम्रो रहे पनि त्यसभन्दा तल कालिकोट र दैलेख खण्ड हिलाम्मे र धुलाम्मे हुने समस्या छ ।






















