सि.टा. समाचारदाता
सिमकोट । हुम्लामा उत्पादन हुने स्थानीय रैथाने बालीको परिकार तयार गरेर प्रर्दशनी गरिएको छ । यसको प्रर्बद्धन र बजारीकरण गर्नका लागि परिकार तयार पारेर प्रर्दशनी गरिएको हो । स्थानीय उत्पादनका रुपमा रहेको रैथाने बालीको उत्पादनको बिभिन्न परिकार तयार पारेर प्रर्दशनी गर्ने कार्य भएको सिमकोट गाउपालिका– ५ लालकोषा रोकायाले बताई ।
उनले आफु लगाएत बाह्र जना महिलाले तयार पारेको रैथाने बालीको परिकारको प्रर्दशनी समेत गरिएको बताईन । यसअघि उनीहरुलाई सो परिकार तयार गर्नका लागि तालिमको ब्यवस्था गरिएको थियो । आफ्नै घरमा उत्पादन भएको रैथाने बालीको अन्नबाट परम्परागत परिकार मात्र खाने गरेकोमा यसबाट
परिकारमा समेत बिबिधता ल्याएर आधुनिक परिकार तयार पारेर प्रर्दशनी गरिएकोले यसको प्रचारप्रसारमा समेत टेवा पुग्ने बिस्वास उनले ब्यक्त गरिन । सिमकोट गाउँपालिका कृषि शाखाका अधिकृत नेत्रबहादुर शाहीले रैथाने बाली खेती प्रवद्र्धन, बजारिकरण तथा परिकारमा बिबिधिकरण गरेर यसको प्रर्बद्धन गर्न यो प्रर्दशनी गरिएको बताए ।
रैथाने बालीको संरक्षण तथा बजारीकरण गर्ने गाउँपालिकाको मुख्य नीति मध्य पर्छ । प्रर्दशनीमा दुई सय भन्दा बढी मानिसहरुको सहभागिता रहेका र उनीहरुलाई परिकार चखाउने कार्य समेत भएको थियो । यसमा जिल्ला भित्र र बाहिरका मानिसहरुको उपस्थिती रहेको थियो ।
उनले रैथाने बालीका परिकाहरु फापरको रोटी, मम, केक, कोदोको मम, ढिडो, पाउरोटी, समसा, पेन केक लगाएतका परिकार रहेका थिए भने सिस्नो फाडो ( खोले) चिनो र कागुनोको चामलको खीर, मह, चोतीको अचार पनि प्रर्दशनीमा राखिएको थियो ।
यो कार्यबाट रैथाने बालीको परिकार तयार पारेर आफुले उपभोग गर्ने र बिक्री गरेर आम्दानी गर्न स्थानीयलाई सहयोग पुग्ने बिस्वास उनले ब्यक्त गरे । कार्यक्रममा गाउँपालिका अध्यक्ष बिजय भण्डारीले किसानहरुले रैथाने बालीबाट फाईदा लिन सुरु गरि रहेको र अब यसको स्थानीय स्तरमै परिकार तयार गरेर ब्यवसाय गर्नु गर्न सहयोग पुग्ने बिस्वास लिईएको बताए । यो कार्यक्रम कृषि शाखाको आयोजनामा सञ्चालन भएको हो ।
























