सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेश सरकारबाट पुरस्कृत भएका शिक्षक घनश्याम शर्मालाई उक्त गाउपालिका वडा नम्बर ५ ले सम्मान गरेको छ । जिल्लाबाट उक्तृष्ट शिक्षक छनौट भएर पुरस्कृत भएकोमा वडाले शिक्षक शर्मालाई सम्मान गरेको हो ।
शिक्षा क्षेत्रमा पुर्र्याएको योगदानको कदर गर्दै कर्णाली प्रदेश सरकारबाट पुरस्कृत शिक्षक शर्मालाई सम्मान गर्ने कार्य भएको वडा अध्यक्ष कमल छत्यालले बताए । वडाको आयोजनामा भएको सम्मान कार्यक्रममा गाउपालिका अध्यक्ष मोहन बिक्रम सिंहले सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा वडा अध्यक्ष छत्यालको उपस्थिती रहेको थियो । यस्तै सो पुरस्कारबाट सिमकोट गाउपालिकाको मानसरोवर माविका शिक्षक धनबहादुर ऐडी । खार्पुनाथ गाउँपालिका सिता माविका शिक्षक गीता हमाल पनि पुरस्कृत भएकी थिईन ।




















