सि.टा समचारदाता
सिमकोट । नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघ ख नम्बर प्रदेशको अध्यक्षमा छपाल लामा सर्वसम्मत चयन भएकी छन् । संघको ख नम्बर प्रदेशको शुक्रबार सम्पन्न भएको पहिलो अधिबेशनले अध्यक्ष लामाको नेतृत्वमा कार्य समिति चयन गरेको हो ।
अधिबेशनले ख नम्बर प्रदेशको अध्यक्षमा लामालाई चयन गरेको छ भने उपाध्यक्षद्धयमा जाङ्मु लामा र शुशिला शाहीलाई चयन गरेको छ । त्यसैगरि सचिवद्धयमा लक्ष्मीरुपा खत्री र नन्दपुरी जेठारलाई चयन गरेको छ । कोषाध्यक्षमा हिराकली परियार, सहसचिव काछमो लामा र सरस्वती सिंहलाई चयन गरेको छ ।
२७ सदस्यीय कार्य समितिका सदस्यहरुमा काँसीपुरा रोकाया, बानिकला सिंह, बुद्धि रावल, रुपा सिंह शाही, शारदा शाही, हर्ष बुढा, धान्न सुनार, सपुरा बुढा, कल्पना शाही, सकुन्तला शाही, उम्पुरी बोहरा, लगुना रोकाया, देउमा रोकाया, पुन्टु महत, सिरकला बोहरा र सुन्दरी लामा चयन भएकी छन् ।
अध्यक्षमा चयन भएपछि लामाले अब संघलाई सकृय र कृयाशिल बनाउने बताईन । यसअघि अधिबेशनको उद्घाटन सत्र भएको थियो । महिलासंघ हुम्लाले यसअघि गाउँपालिका अधिबेशन सम्पन्न गरि सकेको छ भने क नम्बर प्रदेश अधिबेशन समेत सम्पन्न भई सकेको छ । अव जिल्ला अधिबेशनको तयारीमा महिलासंघ लागेको छ ।












