बेलिब्रीज उद्घाटन कार्यक्रममा एमाले उपमहासचिव प्रदिप ज्ञवाली पनि हुम्ला आउने

सि.टा. समाचारदााता
हुम्ला । असार २२ गते आईतबार खार्पुनाथ गाउपालिका– ५ को खार्पुमा निर्माण भएको बेलिब्रीजको उद्घाटन कार्यक्रममा एमाले उपमहासचिव प्रदिप ज्ञवाली पनि आउने भएका छन् । उक्त बेलिब्रीज निर्माणका लागि निक्कै चासो देखाएका उनी पनि प्रधानमन्त्री केपी ओली शर्मासंग आउन लागेका हुन ।

आईतबार प्रधानमन्त्री ओलीबाट उद्घाटन हुने खार्पुको दोजाम कर्णाली नदी माथि निर्माण गरिएको बेलिब्रीजको उद्घाटन कार्यक्रममा एमाले उपमहासचिव ज्ञवाली पनि आउन लागेको एमाले कर्णाली प्रदेशका सदस्य नवराज महताराले बताए । उक्त बेलिब्रीज यति चाँडो निर्माण हुनुमा उपमहासचिव ज्ञवालीको पनि हात रहेको छ ।

चासो भएकै कारण उनी पनि प्रधानमन्त्रीको टिममा पर्न सफल भएका हुन । गत कातिकमा पार्टीको कामको सिलसिलामा हुम्ला आउने उनी पनि हाल बेलिब्रीज निर्माण गरिएको स्थलमा पुगेका थिए । उपमहासचिव ज्ञवालीसंग हुम्लाका राजनीति दलहरु , जनप्रतिनिधि र नागरिक समाज सम्युक्त रुपमा मिलेर एक सुत्रिय माग पत्र पेश गरेका थिए ।

जसमा सदरमुकाम सिमकोटलाई चाँडो सडक सञ्जालसंग जोड्ने कुरा उल्लेख गरिएको थियो । त्यतिखेर माग पत्र बुझ्दै ज्ञवालीले अहिले भन्न चाडो होल तर सकरात्मक काम हुन्छ भने आफ्नो भनाई राखेका थिए र बिकासका लगि सवै पक्ष यसरी मिलेर साझा माग राख्ने कार्य नमूना योग्य रहेको उनले त्यति बेला बताएका थिए ।