हिक्मतजंग सिंह
सिमकोट । यतिबेला अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन बिक्रम सिंह निर्माणधिन सडकको स्थलगत अुनुगमनमा रहेका छन । सडक सञ्जाल नजोडिएको वडालाई जोड्न अध्यक्ष सिंह आफै जोडतोडका साथ लागेका हुन ।
अव गाउँपालिकाको एक मात्र वडा सडक संजालसंग जोडिन बाँकी रहेको र त्यसमा निर्माण कार्य भई रहेकोले जति सक्दो चाँडो काम सम्पन्न गर्न आर्थिक वर्षको अन्तिम समयमा पनि अनुगमनमा आएको अध्यक्ष सिंहले बताए ।
अव अदानचुलीको वडा नम्बर ६ सडक सञ्जालसंग जोडिन बाँकी रहेको छ । त्यहाँँ स्कोभटरबाट सडकको निर्माण कार्य भई रहेकोले अनुगमनमा गएको उनले बताए ।
उक्त गाउँपालिका अरु वडाहरु सडक सञ्जालसंग जोडिएका छन । वडा भित्रका केही बस्ती भने जोडिन बाँकी रहेको छन् । अनुगमनमा वडा नम्बर ५ का वडा अध्यक्ष कमबहादुर छत्याल लगाएतको सहभागिता रहेको थियो ।























