सि.टा. समाचारदाता
हुम्ला । हुम्लाको एक विद्यालयलाई गाउँपालिका अध्यक्ष कोष र वडा अध्यक्षको आर्थिक सहयोग प्राप्त भएपछि फर्निचर ब्यवस्था गरिएको छ । विद्यालयमा कक्षा कोठा भएको तर फर्निचर नभएको अवस्थामा सो सहयोग प्राप्त भएको हो ।
अदानचुली गाउँपालिका अध्यक्ष मोहन बिक्रम सिंहको कोषबाट दुई लाख र वडा न १ का बडा अध्यक्ष अके महताराको तर्फबाट तीन लाख गरि पाँच लाख सहयोगमा जनकल्याण आविमा फर्निचरको ब्यवस्था गरिएको विद्यालयका शिक्षक परबहादुर थापाले बताए ।
विद्यालयमा फर्निचर नभएर समस्या भएको बेला जनप्रतिनिधिहरुबाट प्राप्त सहयोगले निक्कै उपयोगी काम सम्पन्न भएको उनले बताए । कार्यक्रममा गाउँपालिका अध्यक्ष मोहन बिक्रम सिहंले विद्यालयलाई फर्निचर हस्तान्तरण गरेका थिए । विद्यालयलाई कुनै समस्या हुन नदिने प्रतिबद्धता अध्यक्ष सिंहले ब्यक्त गरे ।
यो सहयोगले बिद्यालयलाई फनिर्चर उपलब्ध भएको हुँदा सम्पूण विद्यालय परिबारको तफबाट उनले धन्यबाद समेत दिए । कार्यक्रममा वडा न ५ का वडा अध्यक्ष कमल kmf]6f]ब छत्याल , निवतमान प्रमुख प्रशासकिय अधिकृत हंस महतारा लगाएतको उपस्थिती रहेको थियो ।





















