
सि.टा. समाचारदाता
सिमकोट । गत असार १ गते राती सर्केगार्ड गाउँपालिका– ३ को उनापानी गाउँमा लागेको आागलागी पिडितहरुलाई अमेरिका बस्दै आएका एक जना ब्यक्तिबाट आर्थिक सहयोग प्राप्त भएको छ । पिडितको दुखेको घाँउमा मलमपट्टी लगाउन सो सहयोग प्रदान गरिएको हो ।
सोही वडा निवासी हाल अमेरिका रहदै अउनु भएको बिद्यमान थापाले उनापानी आगलागी पिडित आठ घरपरिवारलाई एक लाख तीस हजार रुपियाँ आर्थिक सहयोग उपलब्ध गराएको वडा अध्यक्ष अखिल कार्कीले बताए ।
अमेरिकाबाट प्राप्त सहयोग वडा अध्यक्ष कार्कीले आगलागी पिडितहरुलाई हस्तान्तरणा गरेका थिए यति टाढा बसेर आर्थिक सहयोग गरेकोमा वडा अध्यक्ष कार्कीले थापालाई धन्यवाद समेत दिए ।
सो आगलागीमा आठ घर जलेर पुर्ण रुपमा नष्ट भएका थिए भने बाह्र घरलाई आंसिक क्षेती पुगेको थियो । यसअघि पनि बिभिन्न निकायद्धारा आगलागी पिडितहरुलाई खाद्यान्न, लत्तकपडा, पाल लगाएतका सामान राहत सहयोग प्राप्त भएको थियो ।





















