पर्यटकीय क्षेत्र दुधे दह जाने घोडेटो बाटो निर्माण

फोटो क्याप्सन दुधे दह जाने पटकीय नयाँ निर्माण गरिएको घोडेटो बाटो। तस्बिर ः सि.टा.

सि.टा .समाचारदाता
हुम्ला । पर्यटकीय क्षेत्र जाने घोडेटो बाटो निर्माण गरिएको छ । खार्पुनाथ गाउँपालिका– ५ को मुटिल्लादेखि दुधे दहसम्म जाने बाटो निर्माण गरिएको हो । खार्पुनाथको पर्यटकीय क्षेत्र मुटिल्लादेखि दुधे दहसम्म सहज रुपमा जानका लागि घोडेटो बाटो निर्माण गरिएको खार्पुनाथ गाउँपालिका– ५ का वडा अध्यक्ष भरतजंग शाहीले बताए ।

उनले यसअघि धेरै पहिलेदेखि नै गोठालाहरुले निर्माण गरेको बाटोमा हिड्दै गरेको भएपनि अव सहज र सरल तरिकाले हिड्नका लागि यो बाटो निर्माण गरिएको बताए । स्थानीय उपभोक्ता समितिबाट सडक निर्माण गरिएको हो ।

यो वर्ष सहित तीन वर्ष लगातार सो बाटो निर्माण गरिएको हो । पहिलो वर्ष बीस लाख, दोस्रो वर्ष पन्द्र लाख र यसवर्ष पन्द्र लाखमा सो बाटो निर्माण गरिएको हो । यसवाट तीन किलो मिटर घोरेटो बाटो निर्माण गरिएको छ । यसका लागि डिभिजन बन कार्यालयले लगानी गरेको हो ।