सि.टा. समाचारदाता
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट बजार क्षेत्रको फोहोर बिमानस्थमा पानी पर्ने बित्तिक्कै भरिभराउ हुने गरेको छ । दैनिक दिन राती बर्षा हुने र बजार क्षेत्रको फोहोर पानीले बगाएर बिमानस्थल क्षेत्रमा थुपार्दा फोहोर जम्मा हुने गरेको हो ।
दैनिक दिन बिमानस्थलको एप्रोनमा फोहोर जम्मा हुने गरेको नेपाल नागरिक उड्डयान प्राधिकरण सिमकोटका प्रमुख महेन्द्र सिंहले बताए ।
बर्षा हुने बित्तिक्कै बजार क्षेत्रको फोहोर बगेर आउने र त्यो फोहोर बिमानस्थलमा जम्मा हुने गरेको बताउदै दैनिक सफा गर्नु परि रहेको उनले बताए । हाल सिमकोट बिमानस्थलमा मानसरोवर कैलाश दर्शनका लागि भारतीय धार्मिक पर्यटकहरु धेरै आउने र बिमानस्थलमा फोहोर पनि धेरै देखिन थालेपछि लाज लाग्न थालेको उनको भनाई छ ।
पर्यटकहरलाई फोहोरले स्वागत गरेको जस्तो देखिन थालेको छ । बिमानस्थलको उत्तरतर्फ केही भिरालो जमिन रहेको र पानी पर्ने बित्तिक्कै बगेर आएको फोहोर सबै बिमानस्थलमा जम्मा हुने गरेको छ । बिमानस्थलको मुल गेटसम्मको सडक ढलान गरिएको कारण पनि बजार र वडा नम्बर ६ को माथिल्लो गाउँ बस्तीको फोहोर पानी सिधै बगेर बिमानस्थमा छिर्ने गर्छ ।
अर्को कुरा ढल निर्माण गरिएको भएपनि ढल भन्दा फोहोर पानी बढी गरेर आउने भएको कारण बिमान स्थलमा फोहोर जम्मा हुन सहयोग भई रहेको छ । बिमानस्थल क्षेत्र सिधा भएको कारण बगेर आएको फोहोर निकास हुन नपाएपछि एप्रोनमा जम्मा भएर बस्ने गरेको छ । यो फोहोर हटाउनका लागि बिमानस्थलका कर्मचारी, एयसलाईन्सका कर्मचारी र प्रहरीको दैनिक कार्य जस्तै भएको छ । यसको उचित ब्यवस्थापन गर्नु आवश्यक देखिएको छ ।























