क्याम्पसद्धारा मुख्य प्रवेश मार्गमा गेट निर्माण

फोटो क्याप्सन नयाँ निर्माण गरिएको क्याम्पसको गेट । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । मानसरोवर बहुमुखी क्याम्पसले आफ्नो प्राङ्गण भित्र प्रवेश गर्ने मुख्य मार्गमा गेट निर्माण गरेको छ । कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा सामाजिक बिकास कार्यालयद्धारा सो गेट यसै आथिृक वर्षमा निर्माण कार्य सम्पन्न भएको हो ।

यसअघि सो स्थानमा भएको गेट जिर्ण भई सकेको कारण नयाँ सिमेन्टेट गेट निर्माण गरिएको क्याम्पस प्रमुख दिपक भण्डारीले बताए । यसका लागि सामाजिक बिकास कार्यालयको पाँच लाख बजेटमा सो गेट निर्माण गरिएको छ । गेट निर्माणसंगै अब क्याम्पस प्रवेश गर्न सहज भएको छ ।

नयाँ गेट निर्माण भएपछि क्याप्सन प्रवेश गर्ने मार्ग समेत सहज मात्र नभएर सुरक्षित पनि भएको छ । सामुदायीक क्याम्पस भएको कारण आफ्नै श्रोत नभएकोले अन्य सहयोगी निकायहरुको आर्थिक सहयोगमा क्याम्पसले यस्ता संरचना निर्माण गर्ने कार्य गर्दै आएको छ ।